गृहपृष्ठ » शिक्षा, समचार, समाचारहरुमाध्यमिक शिक्षा परीक्षा कक्षा १० (२०७३) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशन तथा पुनर्याेगसम्बन्धी सूचना ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (२०७३) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशन तथा पुनर्याेगसम्बन्धी सूचना ।

September 24, 2017२६० पटक

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा १०, २०७३ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा २०७४।६।८ मा प्रकाशित गरिएको र उक्त नतिजा परीक्षा नियन्त्रण कार्यालयको website: www.soce.gov.np मा सिम्बोल नम्बर र जन्ममिति राखी हेर्न सकिने व्यवस्था गरिएको छ ।
परीक्षाको नतिजा प्रकाशन गर्दा गत २०७३ सालको नियमित तथा एक्जेम्टेड परीक्षाको प्राप्ताङ्कभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने परीक्षार्थीहरुको मात्र ग्रेडबृद्धि नतिजा प्रकाशन गरिएको छ । २०७३ सालको नियमित तथा एक्जेम्टेडको प्राप्ताङ्कभन्दा कम प्राप्ताङ्क भएमा त्यस्ता परीक्षार्थीको नतिजा यथावत् (पुरानै) कायम गरिएको छ ।

विषयगत रुपमा ग्रेडबृद्धि भएका परीक्षार्थीहरुका लागि पहिले प्राप्त गरेको ग्रेडसिट र मूल प्रमाणपत्र जिल्ला शिक्षा कार्यालयमा बुझाएपछि मात्र नयाँ परिवर्तित ग्रेडसिट तथा मूल प्रमाणपत्र उपलब्ध गराइनेछ ।
परीक्षार्थीहरुले आफूले प्राप्त गरेको नतिजामा चित्त नबुझेमा १५ दिन (२०७४।६।२२) भित्रमा प्रतिविषय रु ५००।– राजस्व तिरी परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयमा पुनर्याेगका लागि निवेदन दिन सकिने व्यहोरा सम्बन्धित सवैका लागि जानकारी गराइन्छ ।
by http://soce.gov.np/

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण