देउसी भैलोबाट संकलित रकमबाट एम्बुलेन्स खरीद
– असोज १९, २०७४
रबिन शर्मा चापागाईं
समाजको पारदर्शिता साहित्य र पत्रकारीता भन्ने मुल नारा लिएर स्थापना भएको उज्यालो लाल्टीन प्रतिष्ठान देवदह रुपन्देहिले गत बर्ष देउसी भैलोबाट संकलन भएको रकमले सेवामुखी एम्बुलेन्स संचालन गर्ने भएको छ प्रतिष्ठानले आज एक कार्यक्रमका बिच उक्त एम्बुलेन्स उद्घाटन गरेको छ ।
बिशुद्द युवाहरु रहेको प्रतिष्ठानले नेपालि मौलिक सस्कृतिलाई जिवन्त राख्न गत बर्ष देउसी भैली कार्यक्रम आयोजना गरी त्यसबाट संकलित रकमले सामाजिक क्षेत्रमा प्रयोग हुने एम्बुलेन्स खरीद गरी सेवा मुलक एम्बुलेन्स संचालन गर्न लागेको हो ।
संस्थाको उपाध्यक्ष सुमा डुम्रे सभापति रहनु भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री रज्जाकले युवाहरु परीवर्तनका सम्बाहक हुन र युवा बिनाको देश परीकल्पना गर्न नसकिने साथै अहिलेको अवस्थामा कि त युवाहरु बैदेशिक रोजगारीमा रहेको वा कि त लागू औषधको कुलतमा फसीरहेको अवस्थामा रुपन्देहिमा बिशुद्द युवाहरु संस्था स्थापना गरेर सामाजिक कार्यमा लागेकोमा उज्यालो लाल्टीनलाई धन्यवाद दिनु भएको थियो ।
डिआर पराजुलीको संचालनमा भएको कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री ,नमकान्त पान्डे ,डिल्ली राम भट्टराई ,ऋषिराम सापकोटा , जिवलाल पराजुली,राजीव सापकोटा लगायतले आफ्ना भनाईहरु राख्नु भएको थियो ।