गृहपृष्ठ » मनोरञ्जनवासुदेवको “यो मौसम” बजारमा

वासुदेवको “यो मौसम” बजारमा

November 4, 2017१० पटक

उज्यालो देवदह । नवोदित माया प्रेमको गित बाट सांगितिक यात्रा सुरु गरेका गायक वासुदेव के.सी.को पप गित ‘यो मौसम’ को म्युजिक भिडीयो सार्वजनिक गरिएको छ । गितको भिडियो र अडियो काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

सानो उमेरदेखि नै गित संगितमा रुचि राख्ने बहुप्रतिभाशाली युवा गायक के.सी.ले आफ्नो सानैदेखीको रहर पुरा गरेको भन्दै भविष्यमा निरन्तर गित संगितमा लाग्ने वाचा गरे । मैले यो गित र भिडीयो ल्याउन निकै मिहेनत गरेको छु, उनले भने, ‘पहिलो गित भएपनी धेरैले मन पराईदिनुभएको छ, यसले मलाई भविष्यमा थप मिहेनत गरेर अगाडी वढ्न हौसला मिलेको छ ।

भरत सिटौलाको लिरीक्स तथा म्युजिक, सैलेन्द्र प्रधानको एरेन्ज, विजु कर्माचार्यको मिक्सीङमा तयार भएको भिडीयोमा पुष्प खड्का र सिर्जनाको अभिनय रहेको छ । भिडीयोलाई काठमाण्डौं आसपासका रमणीय स्थलमा छायाँकन गरिएको छ ।

अनिल मानन्धरको छायाँंकन, विभोर पोखरेलको निर्देशनमा बनेको उक्त म्यूजिक भिडियोको सम्पादनसुप्रिम पराजुलीले गरेका हुन ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण