गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, शिक्षाआज आत्महत्या रोकथाम दिवस

आज आत्महत्या रोकथाम दिवस

September 10, 2015३९२ पटक

भाद्र २४ गते ।।

 

आज विश्व आत्महत्या रोकथाम दिवस, आत्महत्या रोकौः उनीहरुको नजिक जाऔं र जीवन बचाऔ भन्ने नाराका विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपाल सहित विश्वका धेरै देशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि यसको रोकथाममा चुनौती बढ्दै गएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेको बताएको छ । जसमध्ये सरदर ४० सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । तथ्याङ्क अनुसार विश्वमा गैर कानुनी अपराधबाट भन्दा आत्महत्याबाट मर्नेको संख्या बढ्दै गएको पाइएको छ । वैशाख १२ गतेको भूकम्पपछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार २०७१ र ०७२ सालमा ४ हजार ३ सय ५० जनाले आत्महत्या गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण