सुकुम्बासी समस्या समाधान मेरो पहिलो लक्ष्य : दिपेन्द्र कुमार अधिकारी
नवलपरासीमा संयुक्त बाम गठबन्धनले प्रतिनिधि सभा १ र प्रदेश सभा १ बर्दघाट १४,१५ र १६ को संयुक्त जनसभा बर्दघाट १४ मा सम्पन्न गरेको छ ।
गठबन्धनले बर्दघाट १४ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन पनि उद्गाटन गरेको थियो साथमा चर्चित गायक बद्रि पंगेनि र प्रिया भण्डारी द्वारा गायन प्रस्तुति गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा १ का उम्मेद्वार दिपेन्द्र कुमार अधिकारीले बाम गठबन्धनले कार्यकर्ता उत्साहित भएको र आफ्नो जित सुनिश्चित भएको जिकिर गरे ।यस क्षेत्रको हुलाकि सडक र अन्य बाटोहरुलाइ स्तरोन्नति गर्दै भुमिहिन सुकुम्बासीको समस्या समाधान गर्नु उनको पहिलो लक्ष्य रहेको बताए।
कार्यक्रममा बोल्दै हृदयेश त्रीपाठिले यस क्षेत्रको बिकास गर्न आफू संग योजना रहेको साथै आफू एक्लैले ४ पटक काग्रेसलाइ हराईसकेको र अहिले बामगठबन्धनको पनि समर्थन रहेको हुदा आफ्नो जित सुनिस्चित भएको ठोकुवा गरे ।
कार्यक्रममा बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल , बृहस्पति अधिकारी ,अशोक ज्ञवाली सीता बौडेल र प्रकाश बिप्लपी,किरण पौडेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा १५० जना नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रबेश गरेको जानकारी युवा संघ जिल्ला सहसंयोजक युवराज डुम्रेले दिनु भयो ।