गृहपृष्ठ » राजनीति, विशेषनेपाल तरूण दल बर्दघाट द्वारा वडा नं १२ र १३ मा १०१ सदस्यीय युवा परिचालन समिति गठन

नेपाल तरूण दल बर्दघाट द्वारा वडा नं १२ र १३ मा १०१ सदस्यीय युवा परिचालन समिति गठन

November 13, 2017० पटक

नेपाल तरूण दल बर्दघाट द्वारा वडा नं १२ र १३ मा संयुक्त रुपमा १०१ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।

बर्दघाट १२ मा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस नवलपरासी जिल्ला समितिका भुतपुर्व जिल्ला उपसभापति दीप प्रकाश लोहनी , जिल्ला सदस्य मुरली कृष्ण खनाल , बर्दघाट नगर सह संयोजक सुरज केसि ,तरुण दल जिल्ला कार्यसमिति सदस्य करीम खान तरूण दल बर्दघाट सभापति कमल थापा , तरुण दल क्षेत्रीय प्रतिनिधि मधुर रायमाझी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले बाम गठबन्धनले देशमा अधिनायकवाद लाद्न खोजेको र त्यसो हुन नदिन तरूणहरु सक्रीय हुनु पर्ने र नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन लागीपर्ने कुरामा जोड दिएका थिए ।

क्षेत्रीय तरुण परिचालन समितिका संयोजक सबिन पाठकको स्वागत मन्तब्यमा सुरु भएको कार्यक्रमको समापन कार्यक्रमका सभापति क्षेत्रीय तरुण परिचालन संयोजक सन्तोष गुरुङले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण