गृहपृष्ठ » समाचारहरुसारीमा बालविवाह बिरुद्धको अभियान ।

सारीमा बालविवाह बिरुद्धको अभियान ।

November 15, 2017२५६ पटक

सागर शर्मा
२९ कार्तिक,प्युठान
स्वर्गद्धारी नगरपालिका वडा नं. ५ सारीकोे उमा महेश्वरी मा.वि मा कक्षा ८ देखि १२ सम्मका विद्यार्थिलाई बालबिवाह विरुद्धको अभियान अन्र्तगत १ दिने अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला बालकल्याण समिति प्यूठानको आयोजना तथा कालिका विकास केन्द्र नेपालको सहयोग र वडा कार्यालयको नेतृत्वमा उक्त अभियान सम्पन्न भएको हो ।
आउदो पुस १० गते सम्ममा उक्त वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने उदेश्यले कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
कार्यक्रममा २ सय विद्यार्थि सहभागि भएको कार्यक्रममा वालविवाह मुक्त वडा घोषणाको लागि सहयोगको प्रतिवद्धता समेत जनाएको जिल्ला बालकल्याण समितिको सदस्य जुमान सिंह केसिले जानकारी दिनुभएको छ । अभियानको सहजीकरण जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत यादव खनाल, सदस्य जुमान सिंह केसि,कालिका विकास केन्द्रका मधुसुदन भण्डारी र ५ नंवर वडा सचिव दिनेस सापकोटाले गर्नु भएको थियो । उक्त अभियान भोली उक्त वडाका अन्य विद्यालयमा सचालन गरिने आयोजकले जानकारी दिएको छ ।

स्व्रोत : samabeshionline.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण