गृहपृष्ठ » राजनीति, विशेष, समचार, समाचारहरुबाम एकताले डराएर नेपाली कांंग्रेस बरबराउदै हिडेको छ : दीपेन्द्र कुमार अधिकारी

बाम एकताले डराएर नेपाली कांंग्रेस बरबराउदै हिडेको छ : दीपेन्द्र कुमार अधिकारी

November 16, 2017० पटक

नवलपरासी प्रदेश नं. ५, प्रदेशसभा १ क अन्तर्गत बर्दघाट वडा नं. १२ र १३ को संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन एवं क. कृष्ण गौतम र क. जित बहादर कोहाँर को संयोजकत्वमा ५०१ सदस्यिीय संयुक्त निर्वाचन परिचालन कमिटि गठन भएको छ ।

उक्त कार्यक्रममा नवलपरासी प्रतिनिधिसभा १ का सुर्यध्वजावाहक उम्मेद्दवार ह्रदेश त्रिपाठीले आफु नवलपरासीको समग्र विकासका लागि र आफ्ना बाकी अधुरा काम पुरा गर्नको लागि प्रतिनिधिसभामा उम्मेद्दवार दिएको जानकारी गराउनुभयो । विकास कसरी गर्ने र बजेट जिल्लामा कसरी ल्याउने भन्ने आफुमा अनुभव भएको र समग्र जिल्लाको विकासमा आफु लागिरहने बताउनुभयो ।

म एक्लै ले नेपाली काग्रेसलाई ४ पटक पराजय गराएको र अहिले त्रिपक्षीय गठबन्धन भएको हुदाँ आफ्नो जित सुनिश्चित रहेको दावि गर्नु भयो ।

यसैगरि प्रदेशसभा १ क का उम्मेद्दवार दिपेन्द्र कुमार अधिकारीले आफु यसक्षेत्रको विकासका लागि लागिरहेको र आफुसंग प्रदेशको लागि खास योजना रहेको बताउनुभयो । आफु झुटको खेति गर्न र गर्दै नगरेको काम मैले नै गरेको हो भनेर प्रचार नगर्ने उद्घोष गर्नुभयो ।
बाम एकता आजको आवश्यक्ता रहेको बताउदै प्रदेश नं. ५ मा एकलौटी सरकार बनाउने दाबि गर्नुभयो ।

हाम्रो एकताले नेपाली काग्रेस बरबराउदै हिडेको र जे पनि बोल्दै हिडेको बताउनुभयो ।

नवलपरासी जिल्लामा २ वटा संघ र ४ वटा प्रदेशमा विजयी प्राप्त गर्ने दाबि गर्नुभयो ।

उक्त कार्यक्रममा मावोबादी केन्द्रका समानुपातिक उम्मेद्धवार सिता बौडेल, रमानन्दन यादब, परिचालन कमिटिका संयोजक शिवलाल कण्डेल लगायतका नेताहरुले बामपन्थि गठबन्धन र सुर्यध्वजाबाहक उम्मेद्धवारहरुलाई विजयी गराउन र पार्टीको काममा लाग्न कार्यक्रताहरुलाई निर्देशन दिनुभएको थियो ।

चुनावको मिति नजिकिदै गर्दा बामगठबन्धनले आफ्ना प्रचारका कार्यक्रम व्यापक रुपमा अगाडी बढाएको छ । यसैगरि बर्दघाट वडा नं. ४ को संयुक्त परिचालन कमिटि गठन भएको मिडिया संयोजक युबराज डुम्रेले जानकारी दिनुभयो ।।


 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण