राजधानीका विषयमा दोहोरो चरित्र नदेखाउ ः रज्जाक
देवदह, १ मंसिर ।
खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले प्रदेशको राजधानीका विषयमा दोहारो चरित्र प्रस्तुत नगर्न विपक्षिलाई सुझाव दिनु भएको छ । विपक्षि दलका एक थरिले रुपन्देहीलाई प्रदेश नम्बर ५ को राजधानी बनाउछु भन्दै डिड्ने र तिनै पार्टिका अर्का नेताले दाङ्गनै राजधानी हो भनेर दावी गर्नु नेकपा एमालेको दोहोरो चरित्र प्रस्तुत भएको टिप्पणी गर्नुभयो । रुपन्देहीको क्षेत्रनम्बर १ को देवदहको वडानम्बर ७, ९ र १० वडाको प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै नेता रज्जाकले विकास र सुकुम्बासिको नाउमा भोटको खेल नखेल्न बामगठबन्धनलाई सुझाव दिनुभयो ।
रुपन्देही क्षेत्र नम्बर एकको प्रतिनिधि सभा सदस्यका उममेदवार समेत रहेका राज्यमन्त्री रज्जाकले भोट माग्नका लागि विकासको नारा होईन पहिले आफुले जस्तै विकास गरेर देखाउन एमालेका प्रत्यासिहरुलाई स्पष्ट पार्नुभयो ।
कार्यक्रममा क्षेत्रनम्बर एक प्रदेश सभा एकको सदस्यका उम्मेदवार ताहिर अलि, दुईका उम्मेदवार हरि न्यौपाने, निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक हिराबहादुर खत्री, प्रचारप्रसार समिति संयोजक बासुदेव रिमाल, पुर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, एकबहादुर सुनार, राप्रपा प्रजातान्त्रीकका नगर अध्यक्ष माधव रिमाल, कांग्रेस महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली लगायतले लोकतान्त्रीक गठबन्धनलाई विजयी बनाउनका लागि रुख चिन्हमा भोट दिनु पर्ने बताउनुभयो ।
यसैबीच देवदहको धकधईमा कांग्रेसको महिला भेला सम्पन्न भएको छ । भेलामा महिला नेतृ पार्वति न्यौपाने, राप्रपा प्रजातान्त्रीककी उमा थापा क्षेत्री, कांग्रेसका क्षेत्रीय सचिव बैजनाथ साहनी लगायतले बोल्नु भएको थियो ।