गृहपृष्ठ » समाचारहरु ३५ औ अनुराग मासिक शृङ्खला सम्पन्न ।

 ३५ औ अनुराग मासिक शृङ्खला सम्पन्न ।

November 18, 2017५ पटक

उज्यालो सम्वाददाता/मंसिर २/ रुपन्देही । अनुराग साहित्य समाज, देवदह रुपन्देहीको ३५ औ मासिक शृङ्खला सम्पन्न भएको छ। उक्त कार्यक्रम आज देवदह स्वास्थ्य चौकिमा सम्पन्न भएको हो। रुपन्देहीका युवा गजलकार दिप मिलनको विशेष रचना वाचन रहेको ३५ औ सृङखलाको सभापतित्व सस्थाकि द्वितिय उपाध्यक्ष सरस्वती बश्यालले गर्नु भएको थियो। कार्यक्रमका विशेष आकर्षण युवा गजलकार दिप मिलनले आधा दर्जन कविता र गजल गायन एवं वाचन गर्नु भएको थियो। देवदह र आसपासका साहित्यकार, बुद्धिजीवी,विद्यार्थी एवंम समाजसेविको उपस्थिती रहेको कार्यक्रममा देवदह स्वास्थ्य चौकिका प्रमुख जय किसन अधिकारीको प्रमुख आतिथ्यता र उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष राजिव सापकोटाको बिशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा एक दर्जन भन्दा धेरै स्थानीय साहित्यकारहरुको प्रस्तुती रहेको थियो। कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय क्षेत्रमा रहेका साहित्य अनुरागिहरुको लेखन शक्तिको बिकास एवं समग्र नेपाली साहित्यको बिकासका लागि लामो समय यतादेखी अनुराग साहित्य समाजले अनेकौं नवीन कार्यक्रम र प्रयासहरु गरिरहेको भन्दै अनुराग प्रती कृतज्ञता व्यक्त गर्नु भएको थियो। कार्यक्रम सस्थाका सचिव श्याम न्यौपानेको सञ्चालन र सदस्य गोमा बश्यालको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण