गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारट्राफिक कार्यालयको बिटमा आगजनी

ट्राफिक कार्यालयको बिटमा आगजनी

September 10, 2015१९३ पटक

भाद्र २४ गते ।।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच गए राति भएको झडपक्रममा प्रदर्शनकारीहरुले लहानस्थित जिल्ला ट्राफिक कार्यालयको बिटमा आगजनी गरी ध्वस्त बनाएका छन् । बिट जलाइएपछि जिल्ला ट्राफिक कार्यालय खाली गरी ट्राफिक प्रहरी इलाका प्रहरी कार्यालयमा बसेका छन् ।
प्रदर्शनकारीले सहिद चोकको दक्षिण रहेको होटल मारुती, एनसीसी बैंक, सेसियल डेभलपमेन्ट बैंक र एक निजी घरमा तोडफोड गरेका छन् । यी भवनका बाहिरी सिसा फुटेका छन् । प्रदर्शनकारीले आज बिहानैबाट लहानको राजमार्ग क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । अस्पताल क्षेत्र र मु्ख्य चोकमा प्रदर्शनकारी टायर बालेर प्रदर्शनमा उत्रेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण