गृहपृष्ठ » समचार, समाचारहरु, स्वास्थ्यलायन्स क्लबको बृहत डाईबिटिज क्याम्प सञ्चालन

लायन्स क्लबको बृहत डाईबिटिज क्याम्प सञ्चालन

November 18, 2017२ पटक

नवलपरासी २ मंसिर

Lions Clubs International District 325 B2 अन्र्तग Zone 56को आयोजना तथा लायन्स क्लब अफ नवलपरासी दाउन्ने को होष्टमा बर्दघाट नगरपालिका वडा नं. १४ को कार्यलय गंगाबस्तीमा बृहत डाईबिटिज क्याम्प सञ्चालन भएको छ ।

उक्त कार्यक्रमको जोन चेयर प्रशन लायन सुर्य बहादुर भट्राईको अध्यक्षता तथा बर्दघाट नगरपालिका नगरप्रमुख एवं लायन्स क्लब नवलपरासी दाउन्नेका संस्थापक अध्यक्ष लायन धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा प्रमुख अतिथि नगर प्रमुख धिरज शर्मा बस्यालको रक्त जाचँ संगै कार्यक्रम शुभारम्भ भएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी शर्माले विश्वमा फैलिदै गईरहेको सुगर रोगले कलिलो उमेरका युवाहरुमा पनि देखिनु चिन्ताको विषय भएको बताउनुभयो । यस्तो शिवीरले यस रोगको प्रभाव वढ्न नदिन र ग्रामीण भेगका बासिन्दाहरुमा सकारात्मक सन्देश जाने बताउनुभयो । लायन्स जस्तो पवित्र संस्थाले गर्ने यस्ता कार्यक्रमहरु आगामी दिनमा अझ प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्दै आफु यस्ता कार्यक्रमहरुको लागि सदा सहयोग गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमको बारेमा जोन चेयर प्रशन लायन सुर्य बहादुर भट्राईले सहजीकरण गर्नुभएको थियो । भने कार्यक्रम सञ्चालन तथा यसको उद्देश्य क्लबका प्रथम उपाध्यक्ष लायन युबराज डुम्रेले गर्नूभएको थियो ।

उक्त शिविरमा ३०० जना विरामीको रगत प्रशिक्षण गरिएको लायन्स क्लब नवलपरासी दाउन्नेका अध्यक्ष लक्ष्मण भट्राई ले जानकारी दिनुभयो ।

उक्त शिविरको प्रवाधिक सहयोग रम्भादेवि कलेज अफ मेडिकल साईन्स शंकरनगर र विशेष सहयोग बर्दघाट नगरपालिका वडा नं. १४ तथा उपस्वास्थ्य चौकी गंगाबस्तीको रहेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण