सुविधासम्पन्न अस्पताल र प्राविधिक विद्यालयको लागि पहल गर्छु :
दिपेन्द्र कुमार अधिकारी संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क अन्तरगत बर्दघाट नगरपालिका वडा नं. १४,१५ र १६ को संयुक्त बृहत युवा भेला बर्दघाट १४ गंगाबस्तीमा सम्पन्न भएको छ ।
उक्त भेलामा युवा परिचालन संयोजक क. शुभाषचन्द्र जि.सी. को अध्यक्षता तथा नेकपा मावोवादी पोलिटब्युरो सदस्य क. सिता बौडेलको प्रमुख आतिथयता, समानुपातिक सदस्य आर सि. अधिकारी, प्रदेशसभा १ क का प्रत्यक्ष तर्फ उम्मेद्दवार क. दिपेन्द्र अधिकारी बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा, उपप्रमुख मायादेवि पौडेल, निर्वाचन परिचालन संयोजक शिवलाल कण्डेल, युव संघ जिल्ला संयोजक युबराज डुम्रे साथै चर्चित गायिका तथा एमाले नेत्री कोमल ओली र गायक बैकुण्ठ महतको सहभागिता रहेको थियो ।
प्रत्यक्ष तर्फका उम्मेद्दवार दिपेन्द्र अधिकारी ले यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल र प्राविधिक विद्यालय जरुरी रहेको र आफु निर्वाचित भएपछि त्यसको लागि अविलम्ब पहल गर्ने धारण राख्नुभयो । नेपाली काग्रेसले घोषणापत्रमा युवाहरुलाई उत्पादनमा लगाउने भनि गरिएको झुटको खेती भएको बताउनुभयो । मित्रराष्टहरूको सहयोगमा स्थापित २९ वटा उद्योगहरु कौडिका भाउमा प्राईभेट सेक्टर दिनुले नेपाली कांग्रेस जनताप्रति उत्तरदायि नरहेको र जनतालाई लोभ देखाई जनताको मतअधिकार सत्ताको भर्याङ मात्र बनाएको बताउनुभयो । अब बामगठबन्धनको र्दुइ तिहाई सरकार बनेपछि युवाहरुलाई स्वदेशमै उत्पादन र रोजगारमा लगाउने बताउनुभयो । यस्तै राष्ट्रीय गायिका कोमल वलि तथा बैकुण्ठ महतले सांगितिक प्रस्तुती रहेको मिडिया संयोजक युबराज डुम्रेले जानकारी दिनुभयो ।।