गृहपृष्ठ » राजनीति, समचार, समाचारहरुबाम गठबन्धनको ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन

बाम गठबन्धनको ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन

November 21, 2017० पटक

संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ ख अन्र्तग सुस्ता गाउपालिका को संयुक्त कार्यकर्ता तथा निर्वाचन परिचालन कमिटि ज्ञान प्रसाद पाठकको संयोजकत्वमा ५०१ सदस्यीय निर्बाचन परिचालन कमिटि तथा इश्वर प्रसाद कोईरालाको संयोजकतछ५०१ सदस्यीय संयुक्त युवा परिचालन कमिटि गठन भएको छ । उक्त भेलामा नेकपा एमाले सुस्ताका अध्यक्ष ज्ञान प्रसाद पाठकको को अध्यक्षता तथा पुर्ब मन्त्री तथा प्रतिनिधि सभा १ का उम्मेदवार ह्रदयश त्रिपाठिको प्रमुख अातिथ्यता तथा नेकपा मावोवादी पोलिटब्युरो सदस्य क. सिता बौडेलको बिशेष आतिथयता, समानुपातिक सदस्य आर सि. अधिकारी, प्रदेशसभा १ ख का प्रत्यक्ष तर्फ उम्मेद्दवार क. अजय बहादुर शाही, परदेश सभा १ क का निर्वाचन परिचालन संयोजक क. शिवलाल कण्डेल, सचिवालय सदस्य टेक नारायण उपाध्याय शुभाषाचन्दर जि सि , सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डे, क्षेत्रिय अध्यक्ष राम प्रसाद अर्याल, युवा संघ जिल्ला संयोजक युबराज डुम्रे सहभागिता रहेको थियो ।

प्रत्यक्ष तर्फका उम्मेद्दवार ह्रदेयश त्रिपाठीले ले यस क्षेत्रमा सुविधासम्पन्न असपताल र प्राविधिक विद्यालय, बाटो हुलासि रोड र सुबिधा सम्पन्न कबर्ड हल जरुरी रहेको र आफु निर्वाचित भयपछि त्यसको लागि अविलम्ब पहल गर्ने धारण राख्नुभयो । नेपाली काग्रेसले घोषणापञमा युवाहरुलाई उत्पादनमा लगाउने भनि गरिएको झुटको खेती भएको बताउनुभयो । अाफु बामगठबन्धनमा त्यसै नअायको र यो एउटा क्षेत्र को लागि मात्र नभयर नपलपरासि देखि बर्दिया सम्मका १० वटा अतिरिक्त क्षेत्र जित्नको लागि अाफु स्वतन्त्र समुहको नेतृत्व गर्दै बामगठबन्धनमा सामेल भयको बताउनुभयो । अब बामगठबन्धनको र्दुइ तिहाई सरकार बनेपछि युवाहरुलाई स्वदेशमै उत्पादन र रोजगारमा लगाउने बताउनुभयो । अाफु बिकास गर्न र बवेट ल्याउनका लागि सासंद पदमा उम्मेदवारी दियको बताउनुभयो । अाफुहरुको एलाइन्सले काग्रेस बरबरायको बताउनु भयो ।। कार्यक्रम युवा संघ जिल्ला सह सयोंजक युबराज डुम्रेले सञ्चालन गर्नुभयको थियो ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण