गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, समाचारहरुसंयुक्त बामगठबन्धन बर्दघाट – सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क को चुनावी अभियान तिब्र

संयुक्त बामगठबन्धन बर्दघाट – सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क को चुनावी अभियान तिब्र

November 22, 2017४ पटक

संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क अन्र्तग बर्दघाट नगरपालिका वडा नं. २ को संयुक्त कार्यकर्ता भेला तथा घरदैलो कार्यक्रम अम्बास तथा सञ्सारकोटमा सम्पन्न भएको छ ।

उक्त भेलामा प्रतिनिधिसभा १ का प्रत्यक्ष उम्मेद्दवार ह्रदेश त्रिपाठी, समानुपातिक सदस्य उममेद्दवार आर सि. अधिकारी, प्रदेशसभा १ क का प्रत्यक्ष तर्फ उम्मेद्दवार क. दिपेन्द्र अधिकारी बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा, पुर्व माानिय सासंद शिन्धु जलेशा, निर्वाचन परिचालन संयोजक  शिवलाल कण्डेल निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रत्यक्ष तर्फका प्रदेशसभाका उम्मेद्दवार दिपेन्द्र अधिकारीले यस क्षेत्र यातायतको असुविधा, बालबालिकाहरुले पठनपाठनको समस्या एवं विविध समस्याहरु आफु नजिकबाट नियालेको र बालबालिकाहरु यहि पढ्न मिल्ने बातावरण मिलाउने र यातायातको पहुँच, विद्युत र कृषीलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको र यो आफु विजयी भए पश्चात शुरुवाती चरणमै यसलाई अगाडी बढाउने बताउनुभयो ।

यसैगरी प्रतिनिधिसभा उम्मेद्दवार ह्रदेश त्रिपाठीले नवलपरासीको यस क्षेत्र पहाड र तराइको मिश्रण र विभिन्न जातजातीको बसोबास एवं सास्ंकृतिक रुपमा पनि अत्यन्तै मिलेको देख्दा आफु खुशी भएको र यस क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना भएको हुदाँ यस सञ्सारकोटलाई पर्यटनको विकासमा आफुले देख्न चाहेको बताउनुभयो । यस क्षेत्रलाई कृषीमा आधुनिकीकरण गर्दै बाख्रा पालन, अदुवा खेती र मह खेतीको रुपमा विकास गरिने जानकारी गराउनुभयो ।

यसैगरि बर्दघाट नगरपालिका का नगर प्रमुख धिरज शर्मा बस्यालले आफु स्थानिय निकायको निर्वाचनमा यस क्षेत्रलाई कृर्षिमा आत्मनिर्भरता सहित सञ्सारकोटमा भ्यु टावर बनाउने प्रतिबद्दता गरे बमोजिम यस क्षेत्रमा यसै बर्ष कृषिमा बजेट विनियोजन र यातायतमा लगानी गरेको प्रष्ट पार्नुभयो । आफु झुटको खेती गर्दै नहिड्ने र आफु जे बोल्यो त्यही गर्ने भएको हुदाँ आफु समग्र नगर विकासको लागि लागिपरेको बताउनुभयो ।

उक्त भेलामा बामपन्थि गठबन्धन लाई विजयी गराई छाड्ने स्थानियहरुले बतायको मिडिया संयोजक युबराज डुम्रे ले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण