गृहपृष्ठ » आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, समचार, समाचारहरु, समाज, स्वास्थ्यदेवदहमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न

देवदहमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न

November 25, 2017५ पटक

उज्यालो सम्बादाता/मङ्सिर ९/ देवदह/

रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहिको आयोजनामा एक दिने  निशुल्क आँखा शिविर सम्पन्न  भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको सहयोगमा विश्व मधुमेह दिवशको अवशरमा एक दिने  निशुल्क आँखा शिविर सम्पन्न  भएको हो  । ग्रिन प्लान्ट आवासीय मा.वि. को प्रांगणमा सम्पन्न भएको कार्यक्रममा १५४ जनाले नेत्र परिक्षण गरेका थिए भने १७ जना मोतिया बिन्दुको बिरामी फेला परेका आयोजक संस्थाको अध्यक्ष राजिब सापकोटाले जानकारी दिनु भयो ।

शिविरमा चिकित्सकहरुले मधुमेह रोगीहरुको निस्शुल्क आँखा जाच गरि आँखाको रोग पहिचानको साथै आँखा शिक्षा बारे जानकारी गराएका थिए । उक्त शिविरमा मधुमेहबाट आँखामा असर देखा परेका ३ जना  बिरामिहरुलाई थप उपचारका लागि लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान,भैरहवा रिफर गरिएको शिविरका  नेत्र बिशेशज्ञ ज्ञानेन्द्र लामिछानेले जानकारी दिनुभयो।

रविन शर्मा चापागाई सभापतीत्वमा भएको कार्यक्रममा देवदह नगर प्रमुख हिरा बहादुर खत्री प्रमुख अतिथि नेत्र बिशेशज्ञ डा. ज्ञानेन्द्र लामिछाने ,ऋषिराम सापकोटा बिषेश अतिथी रहनुभएको रहनु भएको थियो।   प्रेमा पराजुली , राजिव सापकोटा , हिरा बहादुर खत्री, डा. ज्ञानेन्द्र लामिछाने, ऋषिराम सापकोटा लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाको सदस्य समज्ञा अधिकारीले गर्नृभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण