गृहपृष्ठ » देवदह विशेष, समचार, समाचारहरु, समाजमतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम देवदह–४, सोईयामा सम्पन्न ।

मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम देवदह–४, सोईयामा सम्पन्न ।

December 2, 2017३ पटक

उज्यालो सम्वाददाता ।  मतदाता शिक्षा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम देवदह ४ सोईयामा सम्पन्न भएको छ । हाम्रो ईलेक्सन नेपालको आयोजना, एकता फाउन्डेसन नेपाल, सुर्खेतको साझेदारी र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देही, नेपालको सह – आयोजनामा आज प्रदेश नम्बर ५ रुपन्देही जिल्ला, देवदह नगरपालिका वडा नम्बर ४ सोइया टोलमा सम्पन्न मतदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रमकएकता फाउण्डेसन नेपाल सुर्खेतको सहयोग र उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्य रति पराजुीको अधयक्षतमा भएको उक्त मतदाता शिक्षा कार्यक्रममा निर्वाचन कार्यालय वाट मतदाता शिक्षाको लागि खटिनुभएका शिक्षिका श्री कुन्तिकला बस्यालको प्रमुख आतिथ्यता र शिक्षिका खिमा बस्याल, समाजसेवी तथा देवदह ४ का वडा अध्यक्ष दिपक चापागाई, समाजसेवी दामोदर रेग्मी, बसन्त रेग्मी, प्रहलाद चौधरी लगायको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीयवासीहरुले मतदान शिक्षा प्राप्त गर्दा निकै खुशि लागेको र मत बदर हुन बाट कसरी बचाउन सकिन्छ भन्ने कुराको राम्रो जानकारी प्राप्त भएको स्थानीयवासी केशमाया मुसहरले बताउनुभएको थियो । १४० जना प्रशिक्षार्थी रहेको उक्त प्रशिक्षण कार्यक्रमको सञ्चालन उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष राजिव सापकोटाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण