गृहपृष्ठ » राजनीति, समचाररुपन्देही क्षेत्र नम्बर १ ‘क’मा डा.कृष्ण न्यौपाने विजयी

रुपन्देही क्षेत्र नम्बर १ ‘क’मा डा.कृष्ण न्यौपाने विजयी

December 10, 2017३५९ पटक

२३ मंसिर, देवदह । रुपन्देहीको क्षेत्र नम्बर १ ‘क’ निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता डा.कृष्ण न्यौपाने विजयी भएका छन् । न्यौपानेले रा प्र पा लोकत्रान्कि गठवन्धनका उम्मेदवार ताहिर अलिलाई फराकिलो  मतअन्तरले हराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय भैरहवा स्रोतले दिएको जानकारी अनुसार न्यौपानेले १९ हजार ५२० मत पाएका छन् । अलिकोको पक्षमा १३ हजार १४१ मत छ । तेस्रो स्थानमा संघिय समाजवादी फोरम का नवनित कुमार मिश्र छन् । उनले ४  हजार ६५२ मत पाएका छन् ।

रुपन्देही क्षेत्रनम्बर १ को प्रतिनिधिसभा सदस्यमा एमालेका पूर्व कृषि मन्त्रि छबिलाला बि.क र कांग्रेसका खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक प्रतिस्पर्धामा छन् । बि.क जित नजिक छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण