समाज सेवा अभियान रुपन्देही, कतारको पाचौ अधिबेसन हुँदै।
सोतन्त्र नेपाल / डिसेम्बर १०/ दोहा। समाज सेवा अभियान रुपन्देही कतारको पाचौ अधिवेशन यहि डिसेम्बर २२ मा हुने भएको छ। कतारको ग्राण्ड मलमा अवस्थित एम.आर.ए.रेस्ट्रुरेन्टको सभाहलमा आयोजना हुने गइरहेको उक्त कार्यक्रममा अनुमानित दुई सय जनाको उपस्थिती रहने सस्थाका अध्यक्ष डिल्लिराम भट्टराईले जनाकारी गराउनु भयो। अधिवेशनको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भटराइले बैदेशिक रोजगारको शिलशिलामा दोहा कतारमा कार्यरत नेपालीहरुको भलाईको निम्ती स. न. २००९ डिसेम्बर १८ तारीकमा स्थापना भएको सस्था समाजसेवा अभियान रुपन्देही दोहा कतारले सम्पन्न गरेका कार्यक्रमहरुमा सहयोग पुर्याउने सम्पूर्ण संघ, सस्था र व्यक्तित्वहरु प्रती आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरेको बताउनु भयो। आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिवेसन संयोजक तथा सस्थाका सचिव रामलाल पराजुली “कुसुम” ले कार्यक्रमको तयारी अन्तिम अवस्थामा रहेको र दोहामा स्थापित नेपाली संघ, संस्था र व्यक्तिवहरुको राम्रो उपस्थिती रहने कुरामा आफुहरु ढुक्क भएको धारणा व्यक्त गर्नु भयो. कार्यक्रममा नेपालीत्व र राष्ट्रियता झलिक्ने खाल्का सास्कृतिक प्रस्तुतीहरुपनी रहने छन।