गृहपृष्ठ » अन्तर्राष्ट्रिय, समचार, समाजसमाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुन : भट्टराइ ।

समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुन : भट्टराइ ।

December 23, 2017३०९ पटक

सोतन्त्र नेपाल/ कतार। समाजसेवा अभियान रुपन्देही, कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेसन २२ डिसेम्बेर २०१७ का दिन कतारमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लिराम भट्टराइको अध्यक्षतामा १५ सदस्यिय सहितको नयाँ कार्यसमिति पनि निर्माण गरेको छ । जसको उपाध्यक्षमा, हरि बहादुर शाही, सचिवमा कृष्ण प्रसाद न्यौपाने, सह- सचिवमा शिव राज शाही, कोषाध्यक्षमा विष्णु खड्का, सह-कोषाध्यक्षमा मनोज कुंवर रहेका छन । कार्य समिति सदस्यहरुमा क्रमशः यम आले, सौगात अली , डिल्लीराम अर्याल, अर्जुन यादव, राजु परियार, हरि पौडेल, दिल बहादुर खड्का, खेम पंगेनी र् युवराज अर्याल रहेका छन। समाजका  अध्यक्ष डिल्लिराम भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममाको प्रमुख आथित्यता नेपाली राजदुतावास कतारका द्वितीय सचिव गायत्री बहादुर पौडेले गर्नु भएको थियो। संस्थाका संरक्षक अर्जुन प्रसाद भट्टराइ, पुर्व अध्यक्ष तथा व्यवस्थापन समिती सदस्य रामकेवल यादव, एन.आर.एन.आइ .सि.सि कतारका सदस्य कुमार कार्कीको बिशेष आथित्यता सम्पन्न उक्त कार्यक्रममा बिभिन्न बैचारिक संस्था पत्रकार माहासंघ कतार, आदिबासी जनजाती माहासंघ कतार, नेपाली महिला समाज कतार, लगायतका कतारमा स्थापित दर्जनौ जिल्ला तथा अन्य संस्थाका प्रतिनिधि र रुपन्देही बासीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो। सम्पन्न अधिवेसन कार्यक्रममा बोल्ने बक्ताहरुले समाजले स्थापनाकाल देखी नै निकै अनुकरणिय कार्यहरु गर्दै आएको, जिल्लाबासीको हक हितमा मात्र सिमित नरहेर प्रवासमा कार्यरत सम्पूर्ण नेपालीहरुको हक, हित र सहयोगमा सधैं तल्लीन रहेको र भोलिका दिनमा पनि यस्तै कार्यहरु सम्पन्न गरेको देख्ने अपेक्षा रहेको धारण व्यक्त गरेका थिए । सम्पन्न कार्यक्रम सस्थाका निवर्तमान सचिव रामलाल पराजुलीले सस्थाको प्रगती विवरण र अध्यक्ष भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सस्थाका सदस्य कृष्ण न्यौपानेको स्वागत र सदस्य सोतन्त्र नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजलाई बिभिन्न तवरबाट सहयोग गने व्यक्तित्व, संघ सस्था र आजीवन सदस्यहरुलाई प्रमाणपत्र  प्रदान गर्नुका साथै, नेपाली सास्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण