गृहपृष्ठ » मुख्य समाचार, समाचारहरुअथाह सम्पत्तीले सकिएको मेरो जिवन ।

अथाह सम्पत्तीले सकिएको मेरो जिवन ।

December 28, 2017२६८ पटक

जिवनमा गरेको भुल मैले वा अरुले  ?
तहस नहस मेरो जिवन बाचौ वा मरौ  ?

सबै थोक भएर पनि केहि नभएको पिडा त्यो सबैमा नहुन सक्छ । जिवनको कालखण्डमा दर्दनाक पिता त्यो बेला हुन्छ जति बेला आफुले आफ्नै जिवन एक दोसाधमा पुराएको हुन्छ ।
मेरो लागि सबै थोक र हरेक पलको निर्णायक मेरो बाबाको एक सानो निर्णयले म मेरो जिवनको एकल यात्रा सुरु गरिरहेकी छु ।
रोल्पाको एक विकट ठाँउमा जन्मीएकी म १७ बर्षको हुँदा कक्षा १० मा अध्ययन गर्दै थिए । मेरो घरमा एक भाई र म मात्र दुई सन्तानका मेरो प्राणभन्दा प्यारो र जो संग म मयााकै कारण सबैभन्दा धेरै डराउथे मेरो बाबा अनि मेरो ममी  रोल्पा बस्दथियौ । बाबा काठमाण्डौमा कामको शिलसिलामा हुनुहुन्थ्यो र ममी स्थानीय विद्यालयमा शिक्षिका हुनुहुन्थ्यो ।
कक्षा १० को अध्ययन पश्चात म बाबा संगै बुटवलमा बस्न लागे, अनि पढ्न लागे र बाबाको बफादार छोरी बनिरहे । मलाई यो आवश्यक छ भन्न नपाउदै पुरा गरिदिने बाबाको कारण म संसारकै भाग्यमानी छोरीको ताज पहिरिएकी थिए । बाबा अनि उहाँको साथीहरु भएर एक कम्पनी खोल्नु भएको थियो र मनग्य आम्दानी पनि गराईरहनुभएको थियो अनि हरेक कुराहरु पुरा भईरहेको थियो । मेरो लागि जे पढ्नु मन छ पढ छोरी भन्दै पढाउनुहुन्थ्यो र हरेक कुराहरु म पनि मानिरहेको हुन्थे र जिवन सरल र सुखमय भईरहेको थियो । समय विते संगै साथीहरु वढ्दै गए र २ बर्ष पुरा भयो र कक्षा १२ पनि सजिलै उत्तिर्ण गरे । अबका दिनमा भने ममी र मेरो प्यारो भाई पनि उहाँको सबै छाडेर काठमाण्डौमै बसोबासका लागि आउनुभयो । बाबाले घर, गाडी, धन सबै जोहो गरि हामीलाई एक सुखि परिवारका साथ परिचित गराउनुभएको थियो ।
जब म वि.वि.एस. कक्षामा भर्ना भए र अध्ययन गर्न लागे साथीहरु मध्ये पनि एक विशेष साथी थिए जसले मलाई हरेक पल र हरेक कुरामा साथ दिन्थे उ मेरो केहि होईन तर पनि दुःख पर्दा उसलाई पनि संगै दुख्थ्यो र म हासिरहेको देख्दा उसमा पिडा नै भएपनि मुसुक्क मुस्कुराउथ्यो । हरेक पटकको फेसबुक कुराकानीमा उसले गुडनाईट नभने सम्म म निदाउन नसक्ने भएकि थिए र मैले ल सुत नभने सम्म उ निदाउन नसक्ने भएको थियो ।
समय वित्तदै गयो र साथ अझ बढ्दै गयो र हामी एक प्रेमि प्रेमीका हुन पुग्यौ । तर म डराईरहेको थिए बाबाको सपना मैले कतै तुहाउन त खोजिरहेको छैन अनि यति धेरै माया गर्ने मेरो बाबालाई मैले कतै धोका त दिईरहेको छैन । हजारौ प्रश्नहरु मनमा हुदा हुदै पनि उसलाई यो मनले माया नगरी बस्न सकिन र उसको त्यो साथले म अझै नजिक भए । हरेक विहानीमा हासाउने उ अनि हासिरहने म, हरेक दुःखमा सबैभन्दा अगाडी आउने उ अनि सताईरहने म, हरेक एक्लो पलको सहयात्री उ र कहिल्यै एक्लो हुन नपरेको म यस्तै यस्तै जिन्दगी हासी खुशी चलिएरहेको थियो । मलाई सबै भन्दा बढि माया गर्ने मेरो बाबा र मेरो लागि पहिलो प्रेम र अन्तिम जिवन साथी बनाउन चाहाने र मेरो लागि सबै कुरामा परफेक्ट क्षितिज पाएकी थिए ।
क्षितिजले भन्ने गर्थे म तिमी जस्तो धनाट्य परिवारको होईन, म संग धेरै धन सम्पत्ती छैन, आजकाल त सबै छोरीका बाबाले धन सम्पत्ती धेरै भएकाहरुलाई मात्र छोरी दिन्छन् तर म संग तिमीलाई दिने हरके पलको साथ अनि माया छ जो अजम्बरी छ । यस्ता कुराहरु कथामा र किताबहरुमा भेटिन्छन् तर म तिमीलाई यो कुरा हरेक पलमा प्रमाणित गर्न परे पनि पछि पर्दिन र आज सम्म गरीरहेको छु । साच्चीकै मेरो लागि हरेक पलमा सहयात्री हुदै कुनै दिन म कलेज बाट घर जादा हिड्दै जानु पर्ने थिएन र हरेक बेला उसलाई मलाई यहाँ लैजाउ काम छ भन्दा उसको मुख बाट कहिल्यै नाई भन्ने शब्द आएको मैले पाएको थिईन र बास्तमबै मैले आफैले आफुलाई विश्वकै भाग्यमानिहरुको सूचिमा अग्र पंतिमा राखेको थिए ।
समय संगै उमेर बढ्दै गयो र दिन विवाहको आउन लाग्यो अनि घरमा बाबाले बोलाएर कुरा गर्न लाग्नु भयो । छोरी समय लामो भै सक्यो अब भने तिम्रो विवाह गर्न पर्छ एउटा केटा बोलाउछु राम्रो छ पढेको र राम्रो धन सम्पत्ती भएको तिमीलाई हासी खुशि पाल्छ । सधै आराममा रहन पाउछौ ।
म छानाबाट खसे जस्तै भए मेरो जिवनको भयानक र खतरनाक कुरा थियो र क्षितिजलाई सबै कुरा सुनाए र उनिले भने सबै कुरा हाम्रो बारेमा बाबालाई सुनाउ अनि सोहि अनुसार केटा हेर्न आउने भन्दा अगाडी नै मैले हाम्रो सम्बन्धको बारेमा बाबालाई सुनाए तर बाबा रिसले मुरमुरीदै भन्न लाग्नु भो आज सम्म मैले यहि समय देख्न दुख गरेको रहेछु । मैले राम्रा् सोचे तर तिमी गलत रहेछौ अब म केहि सुन्दीन र मलाई बाबा भन्नु पर्दैन भन्दै आजकालका केटाहरु कस्ता हुन्छन् के के गर्छन थाहा छैन जिवन तहसनहस पार्छन । त पनि विग्रीस है मैले मेरो छोरी भनेर अब भने गर्ब गर्ने ठाँउ रहेन एक्ली छोरी भनि सबै कुरा पुराएको मात लागेछ भन्दै क्षितिजलाई पनि तथानाम गालि गर्न लाग्नु भयो । मनले थाम्न सकिन उसलाई त्यसरी गालि गरिरहेको मैले सुन्न सकिन र बस धेरै भयो सबै केटा एउटै हुदैनन् केहि फरक हुन्छन केटा भन्दैमा हजारौ विग्रेका भन्दैमा बाबाहरु पनि विग्रेका छन के तपाई पनि यस्तै हो र ? भन्न मन लागेको थियो तर त्यो बाबाको मायाले रोक्यो र भन्न सकिन । मलाई बास्तमबै जिवनको कठिन समय त्यो लागिरहेको थियो । अबको आधा जिवन अरुको साथमा जिउनु थियो तर मन परेको र आफुले चिनेको मान्छे पाईन्छ वा पाईदैन दोसाधमा थिए । बाबाको कुरा नमानौ जिवन दिएको बाबा र हरेक कुरामा आज सम्म केहि अपुन नबनाउनु भएको उहाँ र क्षितिजलाई छोडौ भने र बाबाले भनेको मानौ भने उ विनाको मेरो जिवन केहि अर्थको थिएन उसलाई मन बसै दिई सकेको थिए मात्र तन थियो त्यो बाबाको हातमा थियो ।
बाबाले उसको बारेमा सोध्नु भो के गर्छ?, कति पढेको ? बाबा आमा के गर्छन ?, सम्पत्ती कति छ ? लाग्थ्यो मैले जिवनको अन्तरवार्ता दिईरहेको थिए र सबै कुरा बताए पश्चात धन सम्पत्ती कम भएका संग विहे गरेर के गर्छेस कसरी हुन्छ ? यो केटा संग सम्बन्ध हुदैन हामी कहाँका र त्यो कहाँको अनि त्यस्ता संग सम्बन्ध राखेर जिवन राम्रो हुदैन यो सम्बन्ध हुदैन । यो शब्द सुन्ने वित्तीकै म वेहोस भए ……….
विउझिदा अस्तपालको शैयामा थिए र रुदै फेरी ति बाबाका कुराहरु सम्झे र म भागौ उसै संग वा के गरौ भनि दोधारमा परे र सल्लाह गरे र उनिले जवाफमा भने म जे गर्न पनि तयार छु म मेरो घरमा सम्झाउछु तिमीलाई अवश्य स्वीकार्नुहुन्छ र हामी सफल हुनेछौ हिड जाउ तिमी भएनौ भने म बाचेको सार हुने छैन र मर्न बाहेक कुनै बाटो हुने छैन ।
आट गरेर भागौ जस्तो लाग्थ्यो तर बाबालाई रुवाउन सकिन र मन दरो पार्दै भनिदिए क्षितिज अब हामी अलग हुनु पर्छ । म मेरो बाबालाई धोका दिन सक्दीन यत्ती भनेर मेरो फोन अफ गरे उसलाई के भो अनि म खोज गरिन ।
बाबाले जसलाई दिनु भो उसै संग म जिन सजाउने आशा बटुलेर हिडे र धुम धामका साथ सबै ईस्तमित्र नातेदार, साथीहरुको साथमा विवाह सम्पन्न भयो । साथीहरु तैले यो गलत गरिस किन उसलाई त्यागीस यो सब गर्न नहुने थियो भन्दै गालि गर्न लागे र म भने सिधा भन्दै थिए म सहि छु ।
नौलो घर, नौलो मान्छे र नौलो परिवेश सबै नयाँ कुराका साथमा जिवन रंगाउन म पराईको घर पुगे र नयाँ अध्याय सुरु भयो । नयाँ र नौलो परिवेसमा आएर पनि मन भने उहाँ नै थियो मैले गलत गरे वा सहि तर उसको हालत के भो होला यस्तै कुरमा मन बटारिई रहेको थियो र तन भने अरु कसैको भई सकेको थियो । मोबाईल फोन अन गरे र हेरे हेर्दा १००० भन्दा धेरै मिस्कल नोटीफिकेसन र ५०० भन्दा धेरै म्यासेज आएको थियो । सबै पढ्न समय भएन र डिलिट अल गरिदिए ।
अब भने क्षितिज संग छाडेर मेरो जिवन सहयात्री सुबोध संग जिवन बनाउनु थियो । हामी रम्न थाल्यौ र म रमिरहे उसको सबै कुरमा । अथाह धन सम्पत्ती भएको र हरेक दिन उहाँ भने परिवेश अनुसार हुन पर्छ भन्दै रक्सी खाने गर्नुहुन्थ्यो र मलाई बारम्बार कहिलेकाहि यातना पनि दिने गर्नु हुन्थ्यो । तर जिवन निकै रमाईलो थियो धेरै ठाँउमा घुम्न गयौ, रमाईलो गर्यौ बर्ष वित्दै गयो र २ बर्ष पुरा भयो ।
विस्तारै कतै बाट हाम्रो पुरानो सम्बन्धको बारेमा पनि चाल पाउनुभएछ । अनि यस्तो रहिछौ है भन्न सुरु भो । केहि बर्षहरु सजिलै रमाउदै वित्न थाले र उहाँका साथीहरु संग पनि उहाँ ढिला सम्म रहनुभयो र मैले साधे रिसाउनु हुन्थ्यो र भन्नुहुन्थेन र सबै कुरा पाएर पनि कहि कति अभाव भने भईरहेको थियो । बल्ल क्षितिजको मलाई याद आयो अनि रुदै फोन गरे । उसको दिदीले फोन रिसिभ गर्नुभो र भन्नु भो तिम्रो विहेको दिन नै क्षितिजको बाईक एक्सीडेन्ट भएको थियो । अनी सोधे केहि त भएन ? भन्नु भो ३ महिना सम्म कोमा मा परे र अहिले दुबै खुट्टामा रड राखेको छ । अनि अहिले कहाँ छन् अहिले मोबाईल छोडेर बाहिर सम्म गएको छ । मैले भने एक पटक बोल्न मिल्छ उनि संग अनि दिदी रुदै भन्नु भो बल्ल बल्ल होस आएकको छ त्यो पनि लैजान चाहान्छौ ? तिमीलाई मात्र माया गरेको थियो मेरो भाई ले तर त्यसरी सम्पत्ती भन्दै मरिहत्ते गरेर गयौ एक पटक सबै कुरा भेटेर छलंग पारेको भए पनि हुने नि यसरी जिउदै मरेको जस्तो बनाईदियौ । र मैले भनिहाले गल्ती मेरो होईन र उहाँले थप्नु भो हो गल्ती उसको नै हो मात्र नभएर उसका पूर्खाको पनि हो किनकी हामी पहिलै तिमीहरु जस्तै धनि हुन सकेनौ धन र सम्पत्ती पछि पनि पाउन सकिन्छ यो कुरा विर्शिएर गएकी तिमी अब फेरी नुन चुक नछर भन्दै रुन थाल्नु भो र मैले फोन काटे ।
गल्ती मेरो होईन मैले पनि उसलाई माया गर्थे तर बाबा र घरको कुरा मान्दा वास्तवीक यो भएको कुरा उसलाई बुझाउन थियो ।
केही समय पछि फोन आयो उसको बाट र भने भन के छ खबर दिदीले गाली गर्नु भयो होला है सरी । मैले जवाफमा हैन मात्र भने । अनि अहिले त तनाब छैन क्यार है ? ल सधै खुशि हुनु है सबै कुरा धन नै रहेछ मेरो बसको कुरा नभए पछि के पो लाग्दो रहेछ तर पनि केहि परे मैले गर्न सक्ने भन्नु म सक्ने गरौला । मैले त्यस्तो हैन भन्दै बोल्न लागेकी थिए उनको आवाज एक्कासी भक्कानीयो रुन लागे र फोन काटियो । पृष्ठभुमिमा गाली गर्दै हुनुहुन्थ्यो दिदीले अब मर गएर त काम छैन केटा भन्दै उसलाई गरेको लागि सुनिरहेको थिए र फोन काटियो ।

केहि दिन पछी मेरो जिवनमा नयाँ सदस्यको आवगमन हुने ढुक्क भएको थियो र परिवार पनि निकै सुशि थिए । सोही खुशिमा मलाई घुम्न मन लाग्यो भने र श्रीमान र म पोखराको लागि यात्रामा लागिरहेका थियौ कारमा । यात्रामा जादै गर्दा सिद्धबाबाको बाटो हुदै जान लागेको थियौ उहाँलाई यात्रामा केहि नपिउनुस भने तर मान्नु भएन केहि वियर पिएर संगै हाम्रो बच्चालाई राम्रो हुन्छ भन्दै मलाई समेत खुवाउनु भायो र झन केहि रमाईलो हुदै अगाडि बढ्न सुरु ग¥यौ ।
काठमाण्डौ बाट हिडुन लाग्दा बाटोमा क्षितिजले गाडि कुरीरहेको देखे तर हामीले केही वास्ता गरेनौ अनि बाटो लाग्यौ । लामो समय दोभानमा गएर विर्शाम गरेर हामी बाटोमा हिड्न लाग्यौ । तर अचानक उहाँको होस के भएछ र ढुलो ढुंगामा गई कार ठोक्कीन पुग्यो । बस पछाडी बसमा आएका मानिसले हामीलाई निकाल्दै गरेको सम्म याद भयो र म बेहोस भएछु ।
गण्डकी अस्पतालमा बेडमा पल्टीरहेको म एक्कासी बिउझिए र हेर्दा बाबा र ममी अनि अन्य मानिसहरु देखे अनि हामी कहाँ छौ भने उहाँहरुले सबै बताउनु भयो । उहाँ कहाँ हुनुहुन्छ के भाछ सोधे र हेर्दा उहाँको टाउकोमा चोट लागेको छ र अहिले बल्ल बल्ल एक जना मानिसको ब्लड गुरुप मिल्दो रहेछ फ्रेस बलड चडाउदै छौ बाच्न सक्ने सम्भावना निकै कम छ । भनेको सुन्दा निकै रोए र आफुलाई हेरे केहि भएको पाईन र उठ्न खोजे तर ज्यान चलेन अनि हेर्दा दायाँ खुट्टा नचल्ने भएको रहेछ र केहि गर्न नमिल्ने गरी हात भाचिएको रहेछ । उता सुबोध लाई भने एक मानिसले रगत आउदा सम्म दिएर बाच्ने बनाएको रहेछ र बचाउदा त्यो मान्छे कोमा मा पुगेछ अनि आफ्नै तनाबले मैले अरु केहि सोधिन र आफ्नै पिडामा म रनभुल्ल परे । सुबोधलाई केहि दिनमा ठिक भयो हस्पीटलमा राम्ररी बसीरहे सेवा पाए ममि बाबा र भाईको अनि जब श्रीमानको घर पुगे अनि यो गर्न सकिनस र त्यो भएन यस्तै कुराहरु रहिरहे र पेटमा भएको बच्चाको हेरचाह कसरी गरौ अलाप विलापमा परे । सोही बखतमा सुवोधले आफुलाई रगत दिएर बचाएको मानिसको होस आएको र उसलाई लिन म जादैछु भनि जानकारी गराएर जानुभो र लिएर आउनुभो र त्यो उहि क्षितिज थिए । घरमा केहि समय बसेर जाने बेला भने मिल्ने भए तिम्रो लागि पनि म सबै दिन्थे तर तिमीमा नमिल्ने रहेछ त्यसैले म मर्न लागेर पनि तिम्रो सिउदो बाचर्यदिएको छु । अरु केहि गर्न सक्ने भए भन्नु ल ।
आखाँभरी आशु भए केहि बोल्न सकिन । समय वित्दै गयो सुवोधका हरेक बानिहरुमा परिवर्तनहरु आईरहे र अन्तमा उनले म अर्को विवाह गर्छु भनि मलाई त्यागीदिए र भन्न थाल्नु भो कि डिभोर्स देउ कि माईत गएर बस यहाँ बोझ भो ।
रुदै भन्न लागे मेरा बाबाले हरेक कुराको लागि भनि हजुरलाई सुम्पेको हो हजुर यसरी परिवर्तन नहुनुहोस मलाई जस्तो परे पनि राख्नेछु भन्ने हजुर आज यो सबै किन अनि हाम्रो पेटको बच्चा के ?
त यस्तो छेस म कसरी बस्छु तेरै को हो भनाउदो होला उसै संग गए भै गो नि सम्पत्ती भन्दै हिडिथिस त म दिन्छु जति चाहिने अनि जा ।
उहाँको यो कुरा सुनेपछि थाहा भो कि सम्पत्ती के को लागि रहेछ र माया के रहेछ । हरेक दिनको कुटाई र पिटाई अनि टर्चरको कारण अन्तमा मैले डिभोर्स गरे र माईतमा बसे ।
सम्पत्तीको नाम भन्दै मलाई दिनुभएको छोरी आज हजुरहरुको सम्पत्ती सहित केहि परिमार्जित भएर आए बाबा भन्दै घरमा पुगे । बाबा केहि बोल्नु भएन ।
क्षितिज अझै पनि अविवाहित नै थियो र उसले यो कुरा थाहा पाएर अझ पनि म तिमीलाई साथ दिन सक्छु भन्दै हरेक पलमा हसाउने साथी भई दिए र विस्तारै पिडाहरुलाई भुलाउन सुरु गरे र म पनि ठिक हुदै गए । जन्मीएको बच्चा काखमा राख्दै रम्दै छु ।
वास्तमा माया के हो तयो क्षितिजबाट थाहा पाए उ मेरो कोही हैन भएका ले त छाडेर गए तर उसले मैले त्यती धेरै धोका दिदा पनि साथ मै रहि रहयो । केहि दिन पछि भने क्षितिज हराए र आउन छाडे मैले धेरै बाटो हेरे कल गरे तर फोन लागेन अनि घरमा बुझ्न गए र उसको ममिले भन्नु भो क्षितिज पोखरा जान लाग्दा बाटोमा कसलाई रगत दान गरेको र त्यहि दिन उ सदा सधाको लागि भगवानको भएको भन्नु भो ।

म झस्कीए र सम्झीए बास्तविक जिवनमा चाहिने माया रहेछ जुन आफु संग भएको त केहि छैन तर एक मात्र कुरा जिवनमा विशेष हुन्छ त्यो माया रहेछ ।

अब म सोच्दै छु ।
जिवनमा गरेको भुल मैले वा अरुले ?
तहस नहस मेरो जिवन बाचौ वा मरौ ?
आज सबै छ तर हुनु पर्ने छैन यसको कारण मात्र म हु र म एक पागल जसले आफ्नो जिवनको बाटो रोज्न सकिन ।

 

Sirjana Poudel

Rolpa, Nepal

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण