गृहपृष्ठ » अन्तर्वार्ता, बिचार/ब्लग, मुख्य समाचार, राजनीति, समचारबिपीको विचार र कांग्रेस

बिपीको विचार र कांग्रेस

September 10, 2015७८८ पटक

bp_koirala1आज २४ भदौ ०७२ जननायक विश्वेश्वरप्रसाद कोइरालाको १ सय १ औ जन्म  स्मृति दिवस हो । आजभन्दा ठीक सय वर्षअघि १९७१ भदौ २४ गते (८ सेप्टेम्बर १९१४)मा पिताजी कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाको कोखबाट बनारसको एक अस्पतालमा बिपीको जन्म भएको थियो । जन्मादाको उहााको नाम चूडामणि राखिएको थियो । उहाका ठूलोबुबा खरदार कालिदास कोइराला (सहिद सरोजप्रसाद कोइरालाका पिता)ले विश्वनाथको प्रसादका रूपमा प्राप्त भएको ठानी विश्वेश्वरप्रसाद राखिदिनुभयो । त्यही नाम नै कालान्तरमा आम जनमानस र कांग्रेसीजनमाझ बिपीका नामले प्रख्यात भयो ।

बिपीको जन्महुादा नेपालको राज्यसत्तामा श्री ३ चन्द्रशमशेर जंगबहादुर राणाको स्वेच्छाचारी निरंकुश जहानीयाा शासनको चकचकी थियो भने विश्वमा प्रथम विश्वयुद्धको दुन्दुभी बजिरहेको थियो । सन् १९१४ देखि १९१८ सम्म चार वर्ष चलेको त्यस विश्वयुद्धमा दुई करोडभन्दा बढी निर्दोष मानिस मारिएका थिए । जुन समयमा बिपीका पिता कृष्णप्रसाद कोइरालाले श्री ३ चन्द्रशमशेरलाई एउटा परिहासपूर्ण चिठ्ठी पठाएवापत देश निकालाको सजाय भोग्नुपरेको थियो । प्रथम विश्वयुद्धको दुन्दुभीले विश्व जागरणलाई नयाा ढोका खोलिरहेको पृष्ठभूमिमा आफ्नो जन्म हुनुलाई बिपीले ठूलो महत्व दिनुभएको पाइन्छ । ‘म जन्मादा प्रथम महायुद्ध, जसले एउटा युगलाई समाप्त गर्‍यो, त्यो म भन्दा एकमहिना जेठो भइसकेको थियो । इतिहासको गतिलाई नयाा मोड दिने महान् घटना थियो त्यो महायुद्ध । प्रथम महायुद्धको प्रारम्भ र मेरो जन्म तिथि समकालीन भएकाले म आफूलाई युद्धोत्तरको त्यस्तो पिंढीको सदस्य भन्ठान्छु जो समयको अनिश्चिततामा हुर्किंदै आएको छ र जसले पुराना यावत आस्थाको विनासमा निराशा र दृष्टिदोषबाट जोगाएर आफूलाई केही मौलिक सामाजिक तथा राजनीतिक, आर्थिक विकासको टेवा दिइरहेको छ । ईश्वर सबभन्दा ठूलो सिकार भयो यस युगको र मेरा लागि सबै आस्था लोप भए तापनि एउटा विश्वासको टेवा मेरो जीवनले पाइरहेको छ—समाजवाद । यो विश्वास पनि धूावा भइसकेको मेरो जीवनको त्यस्तो झन्डा हो जसलाई न धमिलिएको उत्साहका साथ म फहराइरहेको छु ।’ बिपीले ‘आफ्नो कथा’ (२०१७—२५ जेलवास काल) नामक पुस्तकमा लेख्नुभएका यी हरफले उहााको जीवन दर्शन र राजनीतिक विश्वास प्रतिवद्धताबारे एकसरो आाकलन गर्न सकिन्छ । आफ्नो जन्म कालखण्डबारे यी उल्लिखित हरफहरू लेख्दा बिपीको उमेर ५० नाघिसकेको एउटा विचारक र राजनेताको चिनारी स्थापित भइसकेको थियो । ०७ सालको क्रान्तिको नेतृत्व गरेर, २०१५ सालमा इतिहासको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएर समाजवादी विचारधारा अनुसारको लोक कल्याणकारी राज्यसत्ता सञ्चालनको इमानदारपूर्वक अभ्यास गरिरहनुभएका बखत अकल्पनीय ढंगले जेलमा कोचिनुपर्दा एउटा स्तब्धताजस्तो त अवश्य भएको थियो । जस्तै स्तब्धता भए पनि ‘समाजवाद’ प्रतिको आस्था र विश्वासमा भने कुनै कमी न आएको ‘समाजवाद मेरो जीवनको त्यस्तो झन्डा हो जसलाई न धमिलिएको उत्साहका साथ म फहराइरहेको छु’ भन्ने माथि उल्लिखित अभिव्यक्तिबाट प्रमाणित हुन्छ । प्रथम महायुद्धबाट सबैभन्दा बढी क्षति ईश्वरलाई पुगेको बिपीले आगाल्नुभएको दृष्टिकोणलाई पनि उहााले जीवनपर्यन्त इमानदारीपूर्वक आगाल्नुभएको आफ्ना मातापिताको मृत्युमा पुरातनवादी संस्कार (क्रिया बस्नु भएन) परित्याग गर्नुभएको बाट पुष्टि हुन्छ । समग्रमा बिपी यथास्थितिवादबाट अग्रगमनतर्फ उन्मूख परिवर्तनकामी क्रान्तिकारी विचारक र नेतृत्व हुनुहुन्थ्यो् । सिद्धान्त, विचारधारा, आस्था र निष्ठालाई तिलान्जली दिएर प्राप्त हुने निहितस्वार्थी सत्तालाई उहााले कहिल्यै पनि आफ्नो निकट आउन दिनुभएन ।
Congress
बिपीको जीवनीका कर्म र चिन्तनबारे आधिकारिक रूपमा थाहा पाउन २०४० सालमा ‘चेतना साहित्य प्रकाशन, काठमाडौं’ले प्रकाशमा ल्याएको ‘आफ्नो कथा’ बडो उपयोगी छ । पछि ०५० सालमा आइपुग्दासम्म साझा प्रकाशनले पनि सो पुस्तकलाई प्रकाशनमा ल्याएर देशव्यापी बिक्रीवितरणमा ल्याएको भेटिन्छ । ०१७ सालको प्रजातन्त्र अपहरण घटना पछि ८ वर्ष लामो कारावास जीवनमा रहनुभएका बखत लेखिएको बिपीको उल्लिखित ‘आफ्नो कथा’ साहित्यिक दृष्टिले पनि धेरै उत्कृष्ट छ । त्यसपछिको बिपीको जीवनी प्रधान अर्को पुस्तक हो ‘आत्म वृत्तान्त’ । ‘आत्म वृतान्त’ उहाले बोलेका कुरालाई टेपमा उतारेर उहााको स्वर्गारोहणको निकै समयपछि प्रकाशमा ल्याइएको हुनाले त्यसले ‘आफ्नो कथा’ले जति आधिकारिकता प्रत्याभूति गर्न सक्दैन । झन् त्यसमा पनि जुन प्रकाशनले ‘आत्म वृत्तान्त’ बजारमा ल्याएको थियो त्यो प्रकाशनले बिपीको एउटा पुस्तकको पाण्डुलिपि बिपीको स्वर्गारोहण पछि झन्डै २४ वर्ष लुकाएर बल्ल बजारमा ल्याइएको भेटिादा त्यसले ‘आत्म वृत्तान्त’को कतिपय सन्दर्भमा आशंका उत्पन्न हुनु स्वाभाविक हुनजान्छ ।

यसरी बिपीको जीवनी अध्ययन गर्दा के तथ्य अगाडि आउछ भने उहाको बाल्यकाल र विद्यार्थीकाल अत्यन्त गरिबी, संकट र कष्टकर अवस्थामा बितेको थियो । उहााका पिताजी कृष्णप्रसाद कोइरालाको आर्थिक अवस्था श्री ३ चन्द्रशमशेर संग राम्रो सम्बन्ध भएका बखतसम्म अत्यन्त सम्पन्नशाली थियो । ठूलो मौजा र व्यापार थियो । तीनवटा विवाह गर्नुभएको थियो । उहााले लगाउने कपडाहरू कलकत्ताबाट सिलाई भएर आउाथे । उहााकी कान्छी श्रीमती (बिपीकी आमा) दिव्या कोइरालाको चन्द्रशमशेरकी रानीसाग घनिष्ठ संगीनीजस्तो सम्बन्ध विकसित भएको थियो । तर, नेपाली आम जनताको गरिबीलाई प्रतिनिधित्व गर्ने ढाक्रेका फाटेको भोटो र टोपी चन्द्रशमशेरको दरबारमा पार्सल गरेर पठाउनु भएपछि कृष्णप्रसाद कोइरालाको जीवनमा यस्तो आाधी र तुफान आयो कि त्यसपछिको उहाको जीवन एउटा ढाक्रेको भन्दा पनि कष्टकरले बिताउन बाध्य हुनुपर्‍यो । ‘पिताजी त्यहा बडो दु:खका साथ बस्नुभएको थियो । किस्तीलाई घाटीमा फित्ता लगाएर भुन्ड्याएर अनेक प्रकारका मालसामान राखी हरेक माल दो—दो पैसा भनेर कराउादै फुटपाथमा बेच्ने गर्नुहुन्थ्यो । अनि, कहिले बाहुलाभरि विभिन्न किसिमका मालसामानको माला झुन्ड्याएर फुटपाथमा ट्राममा बेचेर हिड्नु हुन्थ्यो । यसरी आएको पैसाबाट किनमेल गरी कुाडो बनाउाथे । धेरै पानीमा पिठो तरकारी सबैथोक हालेर पकाएको । मेरो भाइ थियो हरिहर । ऊ हैजाले मर्‍यो उसलाई घाट लैजाने कात्रो किन्ने पैसा पनि छैन । मलाई एउटा ठूलो घाउ भएको थियो अप्रेसन गर्नुपर्ने । एनेस्थेसियाका लागि (नदुुख्ने) ७५ रूपैयाा नहुादा मैले भने म सहन सकिहाल्छु नि र बल्लतल्ल मेरो त्यो अप्रेसन मैले सहे’ निर्वासन जीवनमा कृष्णप्रसाद कोइरालाले कस्तो कष्ट र हण्डरको जीवन बााच्नुपरेको थियो भन्ने बिपीले ‘आन्त्म वृत्तान्त’मा रिकर्ड गराउनुभएका उल्लिखित हरफहरूले एकसरो छर्लंग हुन्छ । अन्तमा कृष्णप्रपसाद कोइरालाको राणा जेलमा मृत्युहुदा बिपी महात्मा गान्धी नेतृत्वको भारतीय स्वतन्त्रता संग्राममा भाग लिएर भारतीय जेलमा हुनुहुन्थ्यो ।

०३३ साल पुष १६ गते ८ वर्षको भारत निर्वाचन त्यागेर ‘राष्ट्रिय एकता र मेलमिलाप’ नीति लिएर देश प्रवेश गर्नु भएपछि मात्र बिपीलाई देख्ने सुन्ने अवसर पाएका हाम्रो पुस्ता र ०४६ सालपछि कांग्रेसको सत्ता चकाचौध चकचकीबाट आकर्षित भएर कांग्रेस भएका गगन थापा पछिको पुस्तालाई त बिपीको जीवनीबारे उल्लिखित कतिपय सन्दर्भहरू छक्क पर्नुपर्ने खालका किंवदन्तीजस्ता पनि लाग्न सक्छन् । तर, कुन परिस्थितिमा कस्ताखालका सं%9

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण