गृहपृष्ठ » साहित्यजिवन के हो ?

जिवन के हो ?

January 11, 2018१५७ पटक

मैले धर्म शास्त्रमा पढेको अनुसार मान्छेको सबैको जिवनको कालखण्ठ ३ भागमा हुन्छन रे र मान्छे जन्मेपछि पनि २ पटक जन्मन्छ भन्छन किनकी सबैको मान्छेको जन्म पछि पनि जन्म भई रहेको हुन्छ रे र अब हामीले पनि नयाँ जन्म लिदै छौ ।

मान्छे जो कोहि पनि कसैको खुशि वा रमाईलो बाट सुरु हुन्छ अनि जन्मदा मान्छे आफु रुदै र अरुको मुहारमा हासो छर्दै जन्मेको हुन्छ र उसका हरेक अवरोह सुरु हुन्छ । जिवनमा सबै भन्दा ठुलो भनेको आमा हुन जसले हाम्रो लागि जति दुःख सायद कसैले गर्दैन र हामी अरु परिवारका सदस्यहरुमा भने उनका तागत र उनिहरुमा अरु माझ देखाउने दम्भको मुख्य स्वरुपको रुपमा बनेका हुन्छौै । आमालाई यदि कसैले दवाव दिएको छैन भने त्यो आमाले कहिल्लै पनि आफ्नो सन्तानको खिलापमा जादिनन् किनकी उनलाई थाहा छ जिवनको असली पिडा केहो र कसरी सुरु हुन्छ जिवन । हो उनै हुन आमा । जिवनमा कुनै पनि कुरा गलत हुदैनन् किनकी हामीले जे जानेका छौ त्यो गरेका हुन्छौ बस त्यो बाटो कस्तो छ र थियो भन्ने मात्र हो ।

भनिन्छ मान्छेले जन्म अरुको लागि लिएको हो र हामी सधै अरुका हौ त्यो धारणा गलत हो किनकी मानिस जन्मेको वास्तव मै आफ्नो लागि हो र आफ्नो जिवन जिउनको लागि हो । जिवनमा हरेक कुरा सम्भव छ । रत्नाकार डाकु बाट परिवर्तीत भए जस्तै, कुनै जमानामा धर्मशास्त्र केहि हैन र केहि मिल्दैन भन्ने विज्ञान आज त्यसै अनुरुप खोजमा छन् यि सबै सम्भावनाका स्रोतहरु हुन र परिवर्तनका संवाहक हुन । भगवान हुदैन भन्ने विज्ञानले आज हुन्छन् भन्ने प्रमाणीत गरेको छ । उहि भगवानले भन्नुहुन्छ रे जिवनमा आट गर म पुराउछु । यो भनाई बास्तवमै यथार्थ हो । जब सम्म मान्छेले यो गर्छु सक्छु भन्ने आट गर्न सक्दैन तब सम्म उसले केहि कुरमा सफलता पाउन सक्दैन । मान्छेको पेट पनि तब सम्म भोको रहन्छ जब सम्म उसको मुख बाट केहि खाने आट गर्न सक्दैन । यो नै वास्तवीक जिवन हो ।
कतिले जिवनलाई जिवन वनाएर जिउछन त कतिले जिवनलाई सम्झौता बनाएर तर यो हेक्का हुदैन कि जिवनमा सम्झौता हैन संघर्ष आवश्यक छ । जब जब मानिसको जिवनमा विवाहको कुरा आउछ अनि घर परिवार आफन्त नाता गोता सबै बाट दवाव आउछ यो भन्दा यो राम्रो र यो भन्दा यो राम्रो अनि यो भन्दा यो धनि र यो भन्दा यो ज्ञानी लाग्छ सबैको कुरा सुनेर सबै ठिक हो तर त्यो बेला आफ्नो मनलाई मान्छेले सोध्न भुलेका हुन्छन् वास्तवमै जिवन के हो र म कसको लागि हो ?
जिवन आफ्नो लागि हो मात्र आफ्नो लागि अरुको लागि होईन आफन्त अनि परिवारको कुरा बाट लाग्छ कि सबै संगै जादै छन् अनि राम्रो कुल घरान र धन सम्पत्ती लाई हेरेर निर्णय गर्छन र अन्तमा जिवन भने त्यो केटा संग वा के िसंग मात्र हुन्छ जसको सिन्दुर लगाएर गईएको हुन्छ अनि जब पर्छ कुनै बेला देखिन्छन् असली रुपमा ति सबै आफन्त नाता गोता र आमा बुबा यसैलाई जिवन भनिन्छ ।

बस समयमा आफुले सहि निर्णय गर्न सक्नु पर्छ गरिएन भने जिवन पुरा धरापमा हुनेछ ।

Writer :

पालग मान्छे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण