गृहपृष्ठ » देवदह विशेष, मनोरञ्जन, मुख्य समाचार, समचार, समाचारहरु, समाज, हाम्रा कार्यक्रमहरुआज देखि चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ सुरु

आज देखि चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ सुरु

January 25, 2018१११७ पटक
देवदह, माघ ११। भग्वाना गौतम बुद्धको मावली थलो  रुपन्देहीको देवदहमा चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गर्नु  भएको छ ।उद्घाटन गर्दै अध्यक्ष दहालले बामगठवन्धनलाई जनताले दुईतिहाई बहुमत दिएकाले अबको सरकार स्थायी हुने बताउनु भएको हो । अध्यक्ष दहालले स्थायी सरकार नहुदा विकासले फड्को मार्न नसकेको भन्दै वाम गठवन्धनलाई जनताले दुईतिहाई बहुमत दिएकोले अवको सरकार स्थायी हुनेमा जोड दिनु भयो । उहाले देवदह बुद्धको मावली थलो एवं लुम्बिनी संग जोडिएको ऐतिहासिक स्थल भएकाले यो ठाउं राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परिचित रहेकाले यहां पर्यटन विकासको प्रचूर संभावना रहेको औंल्याउनु भयो ।अध्यक्ष दहालले देवदहमा लुम्बिनी वौद्ध विश्व विद्यालय स्थापनाको प्रकृया अघि बढेकाले विश्व विद्यालय स्थापना संगै यहांको विकासले गति लिने बताउनु भयो ।
पुर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दहालले संभावनाको हिसावले भारत र चिन भन्दा नेपाल अगाढि रहेको बताउदै अव बन्ने वाम गठवन्धन सरकारले देशलाई समृद्ध राष्ट्र निर्माण संगै आर्थिक विकास तर्फ लैजानेमा जोड दिनु भयो । अध्यक्ष दहालले देवदहमा लुम्बिनी वौद्ध विश्व विद्यालय स्थापनाको प्रकृया अघि बढेकाले विश्व विद्यालय स्थापना संगै यहांको विकासले गति लिने बताउनु भयो । लुम्बिनी विश्वभरकै बौद्धमार्गीहरुका लागि धार्मिक पर्यटनको केन्द्र बन्दै गएको उल्लेख गर्दै प्रचण्डले देवदहसहित रामग्राम, तिलौराकोट र बुद्धसंग सम्बन्धित भारतका शहर समेतलाई जोडेर बुद्ध सर्किट बनाई विदेशी पर्यटकलाई नेपालमा तीन दिन र समग्र बुद्ध सर्किटमा एक हप्ता भ्रमण गराउन सकिने औंल्याए ।
एक फरक प्रसंगमा भगवान गौतम बुद्धको मावली देवदहमा बौद्धविश्व विद्यालय निर्माण गर्न आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले भगवानपुर देखि पाल्पाको गाठादी जोड्ने बाटोको विकास गर्न सरकार र आफुहरुले समेत पहल गर्नेमा जोड दिनु भयो ।
सोही अवसरमा बोल्दै नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्लालाई नमुनाको रुपमा विकास गर्ने गरी अव बन्ने सरकार लागि पर्नेमा जोड दिनु भयो । पुर्वअर्थमन्त्री समेत रहनु भएका नेता पौडेलले तिनै तहको निर्वाचन संगै राजनैतिक क्रान्ति सम्पन्न भएकोले अवको बाटो आर्थिक क्रान्ति रहेको बताउनु भयो ।
रुपन्देहीमा देवदहमा संचालित चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ माघ ११ गते देखि २१ गते सम्म संचालन हुनेछ । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने नाराका साथ देवदह नगरपालिका बुद्धनगरमा मेला सञ्चालन हुनेछ । देवदह नगरलाई ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थलको रुपमा विकास गर्ने, दुग्ध उत्पादक कृषकहरुलाई दुग्ध जन्य बस्तुहरुको उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको मेला आयोजना मुल समारोह समितिका संयोजक गोविन्द ठड्राईले बताउनुभयो । २ सय ५० स्टल हुने मेलामा २ लाख दर्शक र १० करोड मुल्य बराबरको कारोबार हुने लक्ष्य आयोजकले राखेको छ ।महोत्सव मूलआयोजक समितिका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाक, नेकपा एमालेका पोटिव्यूरो सदस्य छविलाल विश्वर्मा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय अध्यक्ष श्याम पाठक, प्रदेश सांसदद्धय वलदेव शर्मा पोखरेल, डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री लगायतले बोल्नु भएको थियो । सहसंयोजक गणेशकुमार खातीको स्वागत र सचिव प्रशान्त गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण