मोर्चाका कार्यकर्ताद्धारा सरकारी कार्यालयमा आगजनी ।।
भाद्र २५ गते ।।
तराईमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले राजविराज स्थित जिल्ला वन कार्यालय तथा पशु कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यक्रताले गएराति आगजनी गर्दा ठुलो क्षतिभएको कार्यालयका कर्मचारीले जानकारी दिएका छन् । आगजनीका कारण जिल्ला वशु सेवा कार्यालयको पशु विकास अधिकृतको कक्षमा रहेको कम्प्युटर, फर्निचरसहित कागजपत्र पूर्ण रुपमा जलेर नष्ट भएको छ ।