कविता : “त्यो बाल्यकाल”
“त्यो बाल्यकाल”
“त्यो बाल्यकाल” जब म सानि थिए..
केहि बुझ्दिन थिए..!! माया गर्ने हरु धेरै थिए..!!
थाहा थिएन मलाई..माया को अर्थ..!
झिजो लाग्यो ति..माया का आभास हरु..! त्यो पल…
त्यो मौसम अनि ति आफ्ना भनिएका हरुको आफ्नो पन जस्तो
केहि खास जस्तो केहि अट्टहास जस्तो गुम्सिए जस्तो श्वास थुनिए जस्तो
कस्तो कस्तो तर … तर आज ठुलि भए..!! कुरा बुझ्ने भए..!!
बालापन को माया कतै छुटे जस्तो लाग्यो..!!
आफ्नो पन लुटिए जस्तो लाग्यो..!! ति रंगीन दिनहरु खोसिए जस्तो लाग्यो..!!
कतै भिडभाड भित्र गुम्सिए जस्तो लाग्यो..!!
कतै हराए जस्तो कतै डराए जस्तो भागिरहेको मन दौडिए जस्तो लाग्यो कस्तो कस्तो एकदमै भिन्न ..!! परिवेश फरक लाग्यो..!! कर्तव्य पुरा गर्दा गर्दै आफै भित्र हराए जस्तो..!!
कतै एकान्त मा टलपलाए जस्तो कस्तो कस्तो अनौठो..!! आफ्ना छन्.. तर छैनन। माया छ..
तर छैन। साथि भाई को साथ.. तर टाढा। मिठा यादहरु मन मा..
तर विराना । कस्तो कस्तो अनुभूति नै भिन्न लाग्यो!! यादहरु मा डुब्दा बाल्यकाल नै ठिक लाग्यो ..!!
तर वितिसक्यो पल.. सक्दिन फेरी जान..!!
त्यो माया त्यो प्यारोपन.. कहाँ खोजु म यहाँ?? उमेर संगै…
जवानी ले ढपक्क ढाकेको बेला रातो लालुपाते ले बन नै रंगाए जस्तो जवानी रंगिएको बेला वरिवरी भमरा ले सताएको बेला..!!
म आफ्नो पन कहाँ खोजु? बाल्यकाल ठिक,ढुक्क मन निर्धक्क त थियो होला त्यो समय…
तर.. आज त डर ले आदि जवानी खाएको छ..!! मन हराएको छ..कता कता आफै भित्र..!!
समय संगै.. टाढा टाढा भागेको छ..!! त्यसैले त.. भावहरु बहकिन्छ मन…!!
पल पल .. साना कुरा हरुले झस्काउदा .. वर्तमान!! भूत प्यारो लाग्यो… !!
वर्तमान मा रमाउन खोज्दा। भविष्यको भय ले सतायो।
वर्तमान मा जम्न खोज्दा। कर्तव्य ले तर्सायो !! खै कहाँ खोजु म आफ्नोपन..!!
त्यसैले फेरी सानी हुन मन लाग्यो..!! उहि बालापन उहि चन्चलपन उहि हासोँ उही रोदन प्यारो लाग्यो..!! जस्तोसुकै अभाव नै किन नहोस्..,
छिन भरको साथ प्यारो लाग्यो बाबाले ताँते ताँते गर्दै समाउने हात प्यारो लाग्यो..!!
आमाको गन गन हातका राता टल्किने छन छन चुरा प्यारो लाग्यो..!!
खर कै होस् तर न्यानो…!! बर्खे झरि चुहिने नै होस्.., तर माया ले भरिएको घर प्यारो लाग्यो..!!
साच्चै आज.. उमेर ले एक चौथाई काटिसक्दा, त्यो बाल्यकाल प्यारो लाग्यो.!!
– गीता कंडेल
(हाल अमेरीका)