गृहपृष्ठ » पत्रपत्रीका, फोटो ग्यालरी, बिचार/ब्लग, मनोरञ्जन, राजनीति, शिक्षा, समाज, सूचना प्रविधीअनेरास्ववियुद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अनेरास्ववियुद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

February 28, 2018१००७ पटक

फागुन १६, बुटवल । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको आयोजनामा संघीय नेपाल समृद्धिको आधार : रोजगार मुलक शिक्षा सबैको अधिकार विषयक अन्तर मा.वि. जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मावि (कक्षा ११ र १२) मा अध्ययनरत विद्यार्थीहरुको बिचमा भएको कार्यक्रममा राममणी बहुमुखी क्याम्पस कक्षा १२ मा अध्ययनरत छात्रा प्रतिमा अधिकारी प्रथम, स्कलर्स होम माविमा कक्षा १२ मा अध्ययनरत छात्र युवराज पौडेल द्धितिय, एभरेष्ट माविमा कक्षा १२ मा अध्ययनरत छात्रा रचना भुसाल तृतिय, कान्ति मावि कक्षा १२ मा अध्ययनरत छात्रा दिपिका पाण्डे र केरवानी मावि कक्षा ११ मा अध्ययनरत छात्रा अन्तिमा न्यौपानेले सान्तना स्थान हासिल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट भएकालाई नगद पुरस्कार, प्रमाणपत्र र खादा लगाई सम्मान गरिएको थियो । उक्त प्रतियोगिताको प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ७ हजार, तृतिय पुरस्कार ४ हजार, सान्तवना पुरस्कार २ हजार सहित प्रमाणपत्रको ब्यवस्था गरिएको जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभएको थियो । अनेरास्ववियु जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षतामा भएको प्रतियोगितामा प्रा.डा.हिरण्यलाल ज्ञवाली, सह–प्रा.डा.शिवप्रसाद पौडेल, उप–प्रा.शालिकराम पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य लिला गिरी, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज बाबुराम पन्थी, अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज पोखरेल, कान्ति माविका प्राचार्य गोविन्द ज्ञवाली लगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन साजन भण्डारीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण