देवदहमा ५ सय लिटर घरेलु मदिरा नष्ट
देवदह/ २५ फागुन/ देवदह प्रहरी चौकीले मानव स्वास्थ्यमा हानी पुर्याउन सक्ने भन्दै करिब ५ सय लिटर घरेलु मदिरा बरामद गरी नस्ट गरेको छ। देवदह क्षेत्रका होटेल तथा पसलहरुबाट बरामद मदिरा शुक्रबार नस्ट गरीएको हो।
देवदह प्रहरी चौकीको प्रहरी निरिक्षक विष्णु वि.क नेतृत्वको टोलीले मदिरा नस्ट गरेको हो। ‘चार दिनमा करिब ५ सय लिटर मदिरा बरामद गरी नस्ट गरेका छौं’, वि.क.ले भने, ‘बरामद गरेका पसलहरुमा आइन्दा यस्तो काम नगर्न चेतावनी दिएका छौं।’
पानवारी, केउली, सरन्टाडी,रोहिणी र टटेरा लगायतका स्थानबाट मदिरा बरामद गरिएको हो ।