गृहपृष्ठ » साहित्यभावना कँडेलको गजल “भावनामा डुब्दै लौ निराशी छ मान्छे”

भावना कँडेलको गजल “भावनामा डुब्दै लौ निराशी छ मान्छे”

March 20, 2018३८४ पटक

गजल

छ जीवनमा कति प्यासी छ मान्छे।
मात्रै शुन्य छ प्राप्ती उदासी छ मान्छे।।

विश्वास दिलाई क्षणभरमा झ्याप्पै
श्वार्थ पुर्ति गर्ने बदमासी छ मान्छे।।

कोहि माथि उठ्न खोज्दा खुट्टा तानेर
मार्न जरै निमोठ्ने विनाशी छ मान्छे।।

कर्म चै शुन्य भगवानको भरोसा
बर्षिएला भन्ने अभिलाषी छ मान्छे।।

ढल्केसी उमेर खोजेर बालापन
भावनामा डुब्दै लौ निराशी छ मान्छे।।


भावना कँडेल

रामेछाप, हाल काठमाण्डौ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण