तराईका २२ जिल्लमा कर्फयु केहि खुकुलो,तनाव जारी
भाद्र २४ गते ।।
विभिन्न चाडपर्व नजिकिदै गएपछि तराईका २२ जिल्लामा जारी कफ्यु खुकुलो बनाइए पछि जनजिवन समान्य बन्दैभएको छ । कैलालीको टिकापुरमा भएको घटनापछि केहि जिल्लामा निशेधाज्ञा जारी गरि कफ्र्यु लगाएको थियो । सर्बसाधारको मागलाई ध्यानमा राख्दै केहि समय कर्फयु खुकुलो पार्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । विद्यालय खुलेको तथा चाडपर्वहरु नजिकिदै जान थालेपछि, कर्फयुको समय हटाउदै गएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिनुभयो ।
यसैबीच, तराईका जिल्लामा लगातार बन्द हुँदा लामो दूरीका गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।