गृहपृष्ठ » खेलकुद, देवदह महोत्सव, फोटो ग्यालरी, मनोरञ्जन, विशेष, समाज, स्वास्थ्यसहिद दुर्गा तिवारी स्मृती भलिबल कप

सहिद दुर्गा तिवारी स्मृती भलिबल कप

March 21, 2018२६६ पटक

चैत्र ७, देवदह/देवदह ४, अवस्थित भवानीपुर महामाया मा. वि.को खेल मैदानमा सहिद दुर्गा तिवारीको स्मृतिमा प्रथम वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता शुभारम्भ भएको छ । युवा तथा खेलकुद विकास समितिको आयोजनमा शुरु हुन लागेको उक्त प्रतियोगिता, देवदह नगरपालिका भित्रका १२ वटा वार्डका विभिन्न युवा क्लब बीच गराइने भएको छ । युवा तथा खेलकुद विकास समितिको अध्यक्ष टुक ब. थापाको अध्यक्षतामा संचालन भएको पहिलो दिनको उद्घाटनमा, देवदह ४का वडाध्यक्ष दिपक चापागाई प्रमुख अतिथि साथै दुर्गा तिवारि स्मृति प्रतिष्ठानका अध्यक्ष सिद्धि चरण भट्टराई, समाजसेवी साथै सहिद परिवार सदस्य ज्योति तिवारि लगायत अन्य संघ सस्था र युवा क्लबका पदाधिकारी विशिष्ट अतिथि रहनु भएको थियो । २१,१११ प्रथम पुरस्कार, ११,१११ द्वितीय पुरस्कार र ५,५५५ तृतीय पुरस्कार रहेको उक्त प्रतियोगिताको पहिलो खेल शितलनगर (वार्ड न ७ ) र इन्द्रेणी युवा क्लब (वार्ड न १ )बिच भएको थियो । जसमा २-०को सेटले शितल्नगर क्लब विजयी भएको छ ।

दोस्रो खेलमा आदिखोला युवा क्लब (क) ले सरन युवा क्लबलाई पराजित गरेको थियो। यसैगरी तेस्रो खेलमा प्रगती युवा क्लबले आदिखोला युवा क्लबलाई पराजित गरेको थियो। भोलिको खेल देवदह भलिवल क्लब(वार्ड न २) र सिद्दार्थ युवा क्लब (वार्ड न १२ )को बीच हुनेछ । कार्यक्रम युवा तथा खेलकुद विकास समितिका सचिव जुगेंद्र राना मगरज्युले संचालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण