गृहपृष्ठ » शिक्षा, समचार, समाचारहरुमहामाया भवानी मा.वि मा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न ।

महामाया भवानी मा.वि मा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न ।

April 23, 2018३६० पटक

देवदह । बैशाख १० ।
महामाया भवानी मा.वि देवदह ४ भवानीपुरमा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गरिब, निमुखा तथा आर्थीक अवस्थाले निम्न आयश्रोत भएका बालबालिकाहरुलाई शिक्षाबाट बन्चीत नहोउन भन्ने उद्देश्यका साथ देशब्यापी रुपमा सञ्चालन भएको कार्यक्रम अनुसार यस विद्यालयमा पनि अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्र.अ. दिनानाथ अर्यालको अध्यक्षता र समाजसेवी तथा पूर्व देवदह आदर्श बहुमुखि क्याम्पसका प्रमुख धुर्व खरेलको प्रमुख अतिथ्यता, समाजसेवी ऋषिराम सापकोटाको विषिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, ब्यवस्थापन समितिका पदाधीकारीहरु तथा विद्यालयका आभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी ऋषिराम सापकोटाले यसलाई कार्यक्रममा मात्र सिमित होईन र एक बर्षको लागि मात्र होईन अबका हरेक बर्षहरुमा यसरी नै गरिब निमुखाहरुले पठनपाठन गर्न पाउने गरी कार्यको थालनी हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । यस्तै प्रमुख अतिथी धुर्व खरेलले कार्यक्रममा बोल्दै अबको दिनहरुमा हामीले सुरुवात गरे झै सबैले सबै ठाँउमा यसरी अभिभावकत्व प्रदान गर्नै हो भने सम्पूर्ण देशका बालबालिकाहरु शिक्षाबाट बन्चीत हुन पर्ने छैन भन्ने कुरामा जोड दिनुभएको थियो । अभिभावकत्व ग्रहण गर्नेमा समाजसेवी धुर्व खरेलले कक्षा ६ मा अध्ययनरत शीतल अर्याल, ऋषिराम सापकोटाले कक्षा १ मा अध्ययनरत करिस्मा मुसहर, वडा नं. ४ का वडा अध्यक्ष दिपक चापागाईले कक्षा १ मा अध्ययनरत पवित्रा चौधरी र समाजसेवी शान्ता भट्टराईले कक्षा ६ मा अध्ययनरत विनु भण्डारीलाई अभिभावकत्व प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कृष्ण प्रसाद अर्यालले गर्नुभएको थिायो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण