गृहपृष्ठ » भिडियो, मनोरञ्जनगायक/संगीतकार पुस्कर सुनुवारको मर्मस्पर्शी गीत जिन्दगीको यात्रामा सार्वजनिक : भिडियो सहित ।

गायक/संगीतकार पुस्कर सुनुवारको मर्मस्पर्शी गीत जिन्दगीको यात्रामा सार्वजनिक : भिडियो सहित ।

May 4, 2018५४९ पटक

बहु प्रतिभाका धनि गायक / संगीतकार पुस्कर सुनुवारको मर्मस्पर्शी गीत जिन्दगीको यात्रामा भिडियो सहित सार्वजनिक भएको छ । जिबनको यात्रामा अनेकौं मान्छेहरु संग भेटिनछ, छुटिनछ,उकाली ओराली रैछ, जिन्दगीको यात्रा , कैले हाँस्ने, कैले रुने जिन्दगीमा, यस्तै यस्तै भाव समेटिएको गीतलाई रचना तारा मगरले गर्नु भएको छ भने, उक्त गीतलाई संगीत एरेन्ज गायकी गायक पुस्कर सुनुवारको रहेको छ।
केशब विश्वकर्माले छायांकन गर्नु भएको भिडियोलाई, मोहन सुनुवाले सम्पादन गर्नु भएको छ । भिडियोमा गायक पुस्कर सुनुवार स्वयम् कै अभिनय देख्न पाइन्छ । बहु प्रतिभाका धनि गायक संगीतकार पुस्कर सुनुवारले आफु संग लुकेको अभिनय कलालाई यहि गीतको भिडियो मार्फत दर्शक माझ देखाएका छन् ।

उक्त गीतको रेकोर्डिंग कार्य मेलोडी नेपाल रेकोर्डिंग स्टुडियो मा भएको हो ,गीतलाई रेकोर्डिंग गर्ने कार्य रेकोर्डीस्ट प्रदिप लामाले गर्नु भएको हो ,उक्त गीतलाई मेलोडी नेपालको प्रस्तुतिमा संध्या टिभीले बजारमा ल्याएको छ ,गीतको भिडियोलाई संध्या टिभीको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण