गृहपृष्ठ » आफ्नै खबर, देवदह विशेष, समचारदेवदहमा उज्यालो लाल्टिन प्रतिष्ठनको क्यालेनडर विमोचन कार्यक्रम सम्पन्न ।

देवदहमा उज्यालो लाल्टिन प्रतिष्ठनको क्यालेनडर विमोचन कार्यक्रम सम्पन्न ।

May 5, 2018३३५ पटक

देवदह । बैशाख २२ ।
सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ “समाजको पारदर्शीता, साहित्य र पत्रकारीता” भन्ने मुल नारा बोकेर रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाई अहोरात्र लागि परेको उज्यालो लाल्टीन प्रतिष्ठानले देवदहको कर्यालयमा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सदस्य नारायण अधिकारीको अध्यक्षता, देवदह नगरपालिकाको उप–प्रमुख विद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यता तथा देवदह नगरपालिका वडा नं. ४ का अध्यक्ष एवं जुजारु युवा ब्यक्तित्व दिपक चापागाईको विशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष राजिव सापकोटाले गर्नुभएको थियो र संस्थाका सचिव मुकेश ज्ञवालीले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । विमोचन कार्यक्रममा बोल्दै विशिष्ट अतिथी दिपक चापागाईले यस संस्थाले हरेक पटक नयाँ योजना र युवाहरुलाई एकजुट भएर अगाडी बढ्नमा उत्प्रेरित गर्दै सामाजिक काममा अग्रसर रहेर देवदहको लागि चिनारी सहितको क्यालेनडर प्रकाशन गरेकोले हार्दिक बधाई र थप साथ र सहयोगको समेत प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । सोहि कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप–प्रमुख विद्यालक्ष्मी गुरुङले यो संस्थाले देवदहमा रहेका सम्पूर्ण युवाहरुलाई अवको लागि के गर्नुपर्छ र कसरी युवाहरु परिचालित हुन आवश्यक छ भन्ने कुराको पूर्ण शिक्षा तथा हौसलाका साथ काम गरेको र यो क्यालेन्डरमा देवदह नगर र यहाँ रहेका सम्पूर्ण आवश्यक सम्पर्क नम्बरहरु पनि समेटी दिगो क्यालेन्डर प्रकाशन गरेकोमा बधाई ज्ञापन गर्दै थप आफुवाट हुन सक्ने सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत गर्नुभएको थियो ।

क्यालेन्डरमा देवदहको परिचय दिने किसिमको जानकारीहरु र रुपन्देही जिल्लामा रहेको एम्वुलेन्स सेवाहरु, अस्पतालहरु, देवदह नगरपालिका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, कार्यपालिकाका सम्पूर्ण कर्मचारीहरु, देवदहमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्र.अ.हरुको नाम तथा सम्पर्क नम्बरहरु सहित देवदहको पर्यटन पर्वद्धनमा सहयोग पुराउने उद्देश्यका साथ देवदहमा रहेका पर्यटकीय स्थलहरुको जानकारीहरु समेटी जानकारीमूलक क्यालेनडर रहेकोे संस्थाका अध्यक्ष राजिव सापकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण