गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधान सभा सदस्यबाट संशोधन प्रस्ताव राख्ने क्रम सकियो ।

संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधान सभा सदस्यबाट संशोधन प्रस्ताव राख्ने क्रम सकियो ।

September 10, 2015१४३ पटक

भाद्र २४ गते ।।
नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधान सभा सदस्यबाट संशोधन प्रस्ताव राख्ने क्रम सकिएको छ ।
आज बसेको संविधान सभाको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले तिन पार्टीको तर्फबाट संशोधनको संयुक्त प्रस्ताव पेश गर्नु भएको थियो ।
श्रेष्ठले पेश गरेको प्रस्तावमा एमालेका प्रमुख सचेतक अग्नी खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणी पोख्रेलले समर्थन गर्दै पारित गर्न आग्रह गर्नु भएको छ ।
संशोधन प्रस्ताव पेश गर्ने क्रम सकिएपछि अहिले संविधान विद्ययक माथी दफावार छलफल भईरहेको छ । छलफलको सुरुमा शिर्ष नेताहरुले बोल्नु भएको थियो ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सवैलाई समेट्ने प्रयास गरिएकाले अहिलेको संविधान विद्ययक दक्षिण एसियाकै उत्कृष्ट भएको दावी गर्नुभयो ।
त्यसैगरी, नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अव कुनैपनि वाहनामा नयाँ संविधानलाई अन्तीम रुप दिन ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।
अहिले अन्य सभासद्हरुले बोल्ने क्रम चलिरहेको छ । संविधान विद्ययक माथीको दफावार छलफल आज सक्ने योजना बनाएको संविधान सभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्र र राष्ट्रियताका लागि बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । १ सय १ औं विपी जयन्तीका अबसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्त्री कोइरालाले अहिलेको अबस्थामा विपीको बिचारलाई अबलम्बन गर्न सके देशले निकास पाउने विश्वास व्यक्त गर्नुभयो । नयाँ संविधानले सबैको हकअधिकार सुनिश्चीत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अनुरुपनै नयाँ संविधान जारी गर्न आबश्यक रहेको भन्दै तराईमा केन्द्रित आन्दोलित दलहरुलाई बार्तामा आउन आग्रह गर्नुभयो । उहाँले अहिले आन्दोलनमा उत्रिनुको गलत भएकाले सहमति र सहकार्यबाट मात्र देशले निकास पाउने विश्वास व्यक्तगर्नुभयो ।
त्यस्तै —कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा काँग्रेस महामन्त्री प्रकाशमान सिंहले जनताले दिएको मतको कदर गर्दै संविधान निर्माणमा लाग्नुको बिकल्प नभएको बताउनुभयो ।
उहाँले संविधान निर्माणमा अन्यौलता ल्याउन बिभिन्न शक्तिहरु सक्रिय रहेको भन्दै जनताको खबरदारी आवश्यक रहेको बताउनुभयो । संविधान निर्माणको काम धेरै अगाडि पुगीसकेकाले संविधान निर्माणको कामलाई रोख्ने प्रशग गलत भएको भन्दै कदाचित नहुने बताउनुभयो । तराईमा आन्दोलित दलहरुलाई बार्ताबाट निकास निकाल्न आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण