गृहपृष्ठ » भिडियो, मनोरञ्जन, समाज, साहित्यबच्चा देखि बुढा बुढी सम्म सबैको मनमा बस्न सफल : गायक /निर्देशक सशानको (हरे राम हरे कृष्ण) भजन ।

बच्चा देखि बुढा बुढी सम्म सबैको मनमा बस्न सफल : गायक /निर्देशक सशानको (हरे राम हरे कृष्ण) भजन ।

May 18, 2018१२०५ पटक

चर्चित गायक सशान कंडेलको निर्देशन तथा आवाजमा रहेको (हरे राम हरे कृष्ण) भजन सार्वजनिक भएको छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ। अहिलेका ब्यस्त निर्देशक कंडेलको स्वरमा रहेको भजनलाई हिरालाल कन्डेलको शब्द सङीतमा तयार भएको हो ।

गायक कंडेल भनछन् मेरो यो भजनलाई भजन प्रेमी दर्शक स्रोतहरुले अत्यधिक मन पराउनु भएकोमा म एकदम खुशी छु । प्राय म पप शैलीको गीत गाउने भए पनि यो खालको गीत पनि उत्कृष्ट ढङ्गले गाउन सक्छु भनेर आफुलाइ प्रमाणीत गरेको छु ।

त्यसो त गायक कंडेलका चर्चित गीतहरु खोज्नेहो भने युट्युबमा प्रसस्तै भेटिनछन् , मुग्लान , नाच झुमा, तिमि नजिक हुँदा ,मेरो आश, अघि बढौंन, जस्ता गायक कंडेलका चर्चित गीतहरु हुन् । बहु प्रतिभाका धनि गायक / निर्देशक कंडेलका अन्य गीतहरु पनि चर्चामा रहेका छन् ,गायन, निर्देशन हुँदै अहिले बिल्कुल नयाँ उनकै आवाज र निर्देशन मा रहेको (हरे राम हरे कृष्ण) भजनले अत्यधिक भजन प्रेमी हरुको मन जितेको छ र उनि गायन संगै निर्देशनमा पनि अब्बल मानिएका छन् गायक / निर्देशक सशांन कंडेल ।

कंडेलको आवाज तथा निर्देशन रहेको उक्त भजनमा सुलब अधिकारि तथा बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको छ। उक्त भिडियोमा जीवनको भोगाइ देखि मान्छेहरुको कर्म अनुसारको फल पाउने सम्मको सानो सानो कथालाई बुनेर उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा भेसराज गौतम, स्वस्तिका ढकाल, शंकर कोइराला आदिले अभिनय गरेका छन।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण