गजल // मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन…
गजल
मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन
जब घर छोडेर आउनु सिवाय अरु केही थिएन
आउँदा सिउदो रङ्गिन लिएर मुस्कुराउदै आइन
मैले गुलाब लुकाउनु सिवाय अरु केही थिएन
अस्ति सरकारले पिडितलाइ राहत पठायो
हिजो भोकै निदाउनु सिवाय अरु केही थिएन
प्रश्नमा प्रेमको एउटा परिभाषा सोधिएको थियो
उत्तरमा पाना भिजाउनु सिवाय अरु केही थिएन
गजल बाचन