गृहपृष्ठ » भिडियो, मनोरञ्जन, साहित्यनेपाली सांगीतिक क्षेत्रमा होनहार प्रतिभा : गायक सौगात आचार्यको धमाकेदार प्रवेश | भिडियो सहित |

नेपाली सांगीतिक क्षेत्रमा होनहार प्रतिभा : गायक सौगात आचार्यको धमाकेदार प्रवेश | भिडियो सहित |

May 31, 2018१२४ पटक

जेठ १७ काठमाण्डौ । बिगत केहि समय देखि सुगम सांगीतिक क्षेत्रमा निरन्तर शंघर्ष गर्दै आएका बहु प्रतिभाका धनि गायक सौगात आचार्य आफ्नो सांगीतिक कोशेली( भेट न भेट तिम्रै खुशी) गीत मार्फत दर्शक स्रोता माझ आएका छन् । हुन त गायक सौगात पछिल्ला दिनहरुमा नेपालमा हुने विभिन्न सांगीतिक मेला महोत्सव हरुमा चर्चित गायकहरु नारायण गोपाल, उदित नारायण, राजेश पायल राई, शिब परियार, प्रमोद खरेल, जस्ता गायक हरुका गीत गाएर दर्शक दर्शक स्रोताहरुको वाहवाह बटुली गायकको छबि बनाइ सकेका गायक हुन् । गायक सौगात गीत गाउनुको अलावा बाँसुरी पनि एकदम राम्रो बजाउँछन् । गायक सौगात भन्छन < गायक भएपछि कुनै न कुनै बाद्य बादक बजाउन जानेको हुनै पर्छ । तनहु बन्दिपुरमा जन्मिएका गायक सौगात फेरी भन्छन < म सानै देखि गित सुन्ने गाउने अनि बासुरी पनि राम्रो बजाउने गर्थे इस्कुलको हरेक प्रोग्राममा पनि गित गाउने । सानै देखि गित संगीत गुनगुनाउदै हिड्ने पुराना गीत देखि लिएर नयाँ आधुनिक पप सबै टाइपको गीत गाउने गर्थे, धेरै पछिको संघर्ष पछि अब आफ्नै गीत गाएर आफ्नै गीत बाट कुशल गायक भई स्थापित हुनु पर्छ, भन्ने सोंचले मैले आदर्णीय गीतकार सुभाष गौतम सर को रचनामा चर्चित संगीतकार सी एल शर्माको संगीतमा (भेट न भेट तिम्रै खुशी) गीतको भिडियो नेपाली गीत संगीत प्रेमी दर्शक स्रोता माझ ल्याएँ। उक्त गीतलाई संगीत संयोजन पुस्कर सुनुवारले गर्नु भएको छ भने, त्यसैगरी गीतको भिडियोमा रामकुमार केसीको छायांकन ,टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई बुढा सुब्बा डिजिटल प्रालिको युट्युब च्यानलमा हेर्न सकिन्छ। उक्त गीत गुन्जन रेकर्डिङ इस्टुडियोमा रेकर्ड भएको गीत हो, भन्दै गायक सौगात भन्छन,म सानै देखि दुख: गरेर संगीत लाई मायाँ गर्ने मान्छे हुँ, कयौ गितका शब्द म आफैं कोरेको पनि छु ,तर रेकर्डिङ हुन बाकीनै छ,। म < आफ्नो गीत संगीतमा अरुको भन्दा फरक बेग्लै स्वाद लिएर गीत सङ्गीतको दुनियामा आफुलाइ चिनाउन चाहान्छु । अबको जिन्दगि गीत र संगीतलाई समर्पण गरेको छु । मैले यो मेरो पहिलो गीत बाट अझ संकल्पका साथ् आगाडी बढ्ने हौशला मलाइ दर्शक स्रोताले दिनु भएकोमा म नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरु लगायत मलाइ यस क्षेत्रमा अगाडी बढ्न सहयोग गर्ने संगीतकार सी एल शर्मा र आदर्णीय गीतकार सुभाष गौतम सर लाइ पनि धन्यबाद दिन चाहान्छु ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण