गृहपृष्ठ » भिडियो, मनोरञ्जनचर्चित गायक रबिन राईको (सुन जोख्ने तराजु) गीतमा : मोडल केवल सुब्बाको दमदार अभिनय : भिडियो सहित |

चर्चित गायक रबिन राईको (सुन जोख्ने तराजु) गीतमा : मोडल केवल सुब्बाको दमदार अभिनय : भिडियो सहित |

June 7, 2018५५१ पटक

जेठ २४ काठमाण्डौ | चर्चित गायक रबिन राईको (सुन जोख्ने तराजु) गीत सार्वजनिक भएको छ | गायक रबिन राई चर्चित गायक राजेश पायल राईका दाजु हुन, उनका अधिकांश गीतहरु चर्चितनै छन् |अहिले उनको (सुन जोख्ने तराजु) गीतको भिडियो दर्शक स्रोता माझ आएको छ | उक्त सुमधुर गीतमा अभिनय र कला क्षेत्रमा एकदम आशा बोकेका मोडेल केवल सुब्बा र संस्कृति श्रेष्ठ,झकाश वाइबाको दमदार अभिनय रहेको छ |

उक्त गीतलाई पदम कारांतीले रचना गर्नु भएको छभने, संगीत संगीतकार बीबी अनुरागिको रहेको छ | गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन् | गीतको भिडियोमा निर्देशनमा नाम कमाउँदै आएका निर्देशक तथा मोडल पुस्कर दाहालको निर्देशन रहेको छ|

त्यसै गरी गीतको भिडियोलाई ललित सिंह साउदले सम्पादन गर्नु भएको छ | गीतको भिडियोलाई OSR DIJITALले बजारमा ल्याएको छ |
छोटो समयमै उक्त गीतले राम्रो रेस्पोन्स पाएको छ | भिडियो हेर्नुस …..

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण