गृहपृष्ठ » मुख्य समाचार, राजनीतिअसन्तुष्टहरुलाई सहमतीमा ल्याएर सबिंधान बनाउ : राष्ट्रपति

असन्तुष्टहरुलाई सहमतीमा ल्याएर सबिंधान बनाउ : राष्ट्रपति

September 10, 2015१४७ पटक

भाद्र २४ गते ।।
राष्ट्रपति डा. रामवरण यादवले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर संविधान निमार्ण प्रक्रियामा सहभागी गराउन आग्रह गर्नु भएको छ । राष्ट्रपती निवास शितल निवासमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहलसँग भेटवार्तामा राष्ट्रपति डा. यादबले असन्तुष्ट पक्षलाई सहमतीमा ल्याएर सविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भेटका क्रममा एमाओवादी अध्यक्ष दाहालले संविधान निर्माण प्रक्रिया र आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन भइरहेको पहलबारे राष्ट्रपति यादवलाई जानकारी गराउनुभएको थियो । दाहालले तीन दलका शीर्ष नेताहरुले हिजो साँझ वार्ताका लागि संयुक्त अपील गरेको र वार्ताको पहल भइरहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण