गृहपृष्ठ » भिडियो, मनोरञ्जनगीतकार बिश्वकर्माको ‘धन हुनेलाई मन नहुने’ छायांकन सम्पन

गीतकार बिश्वकर्माको ‘धन हुनेलाई मन नहुने’ छायांकन सम्पन

June 13, 2018१४७ पटक

काठमाण्डौ – चर्चित गीतकार केशब बिश्वकर्माको अति आशाबादी र यथार्थ बादी गीत (धन हुनेलाई मन नहुने, मन हुनेको धन,) गीतको छायांकन सम्पन्न भएको छ | प्रेम भावका गीत रचना गरीरहने गीतकार बिश्वकर्मा यस पालि भने एकदम यथार्थ बादी गीत (धन हुनेलाई मन नहुने मन हुनेको धन) गीत लिएर दर्शक स्रोता माझ आउने जमर्को गरेका छन् |

अब केहि दिनमा उक्त गीतको भिडियो दर्शक स्रोता माझ आउने गीतकार बिश्वकर्मा बताउँछन् | उक्त गीतमा संगीतकार प्रदिप लामाको संगीत रहेको छ भने, गायक/ संगीतकार पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ | गीतको भिडियोलाइ गीतकार बिश्वकर्मा स्वयम्ले निर्देशन गरेका छन् | गीतलाई ३०,देखि ४० जना गायक गायिका हरुले गाई सक्नु भएको छ |

उक्त भिडियो भने उत्कृष्ट गायक गायिकाको आवाजमा भिडियोलाई सार्वजनिक गरिने छ | साथै सबै गायक गायिका मध्ये उत्कृष्ट १ लाई एउटा गीतको अडियो गीतकार स्वयंले रेकर्डिङ को ब्यबस्था गरिदिने जानकारी दिनु भयो |गीतको भिडियोमा बरीष्ठ कलाकार रामचन्द्र अधिकारी (गोक्ते काजि) गायक/ संगीतकार पुस्कर सुनुवार ,बाल कलाकार जेनिशा बुढा मगर,नव मोडेल एलिशा बजगाईं, शिसम नेउपाने ,मोडेल सुबाश तिमिल्सिना,लगायतका कलाकार हरुको अभिनय रहेको छ |

त्यसैगरी गीतको भिडियोमा मुकेश हुमागाईं को छायांकन मोहन सुनुवारको सम्पादन रहेको छ |उक्त गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याउने छ|गीतलाई गीतकार बिश्वकर्मा आफ्नै जिबनमा आधारीत रहेर केहि बर्ष अगाडिनै रचना गरेका थिए भने, बल्ल यो गीतको अडियो र भिडियो गर्ने समय जुर्यो भनछन् गीतकार बिश्वकर्मा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण