गृहपृष्ठ » भिडियो, मनोरञ्जनगायक/ संगीतकार प्रविन राईको (के भयो तिमीलाई)सार्वजनिक भिडियो सहित |

गायक/ संगीतकार प्रविन राईको (के भयो तिमीलाई)सार्वजनिक भिडियो सहित |

July 3, 2018३६ पटक
काठमाण्डौ |बहुप्रतिभाका धनि गायक/ संगीतकार प्रविन राइको (के भयो तिमीलाई) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ | गायक प्रविन राइ गायकी संगसंगै गीत रचना तथा गीतलाई संगीत गर्ने र अभिनयकला मा पनि पोख्त्त गायक हुन प्रविन राई |

गायक प्रविन अहिले दर्शक स्रोतामाझ आफ्नो शब्द संगीत र आवाज रहेको गीत ( के भयो तिमीलाई) लीएर आएका छन् | गीतको शब्द संगीत र आवाज पनि उत्कृष्ट रहेको गीतमा गायक राई र आश्माको दमदार अभिनय रहेको छ |

उक्त गीतमा रिकेश गुरुङ को संगीत संयोजन सियोन श्रेष्ठको निर्देशन तथा कोरियो ग्राफी रहेको छ भने, गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् | भिडियोको सम्पादन भने फराज अर्पणको रहेको छ |गायक प्रविन राई भन्छन मेरा पहिलाका गीतहरु पनि दर्शक स्रोताले मन पराइदिनु भएको छ, आशा छ यो गीतको भिडियोलाई पनि मन पराइदिनु हुनेछ |
यो मनमोहक भिडियोलाइ Wasabi Entertainment ले बजारमा ल्याएको छ |

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण