गृहपृष्ठ » भिडियो, मनोरञ्जनगायिका बिन्दु पौडेलको तिज गीत ‘आँखी गाजल’ को जताततै चर्चै चर्चा : हेरौं म्यूजिक भिडियो |

गायिका बिन्दु पौडेलको तिज गीत ‘आँखी गाजल’ को जताततै चर्चै चर्चा : हेरौं म्यूजिक भिडियो |

July 11, 2018३७४ पटक

असार २७ काठमाण्डौ । गायिका बिन्दु पौडेलको तिज गीत ‘आँखी गाजल ’ को म्यूजिक भिडियो रिलिज भएको छ । उक्त गीतमा बिन्दु पौडेलको स्वर तथा शिव हमालको लय र शब्द रहेको छ ।उक्त तीज गीतको भिडियो अष्ट्रेलियाको सिड्नीमा तयार गरिएको जानकारी गायिका पौडेलले गराईन । यसअघि नेपाल रहंदा बल्ल पर्‍यो फेला, तिमी मेरो मुटु हौ धडकन हौ, तिजमा छमछम नाच मायालु लगायतका गीतहरूमा स्वर दिइसकेकी बिन्दुले सात बर्षको अन्तरालपछि यो गीत गाएकी हुन् । उक्त ‘आँखी गाजल तीज गीत सिड्नीस्थित रकडेलमा रहेको इन्दे्रणी फङ्सन सेन्टरमा छायांकन गरिएको यस गीतमा प्रतिमा थापा बस्नेतले अभिनय गरेकी छन् । नेपालमा रहँदा दर्जनौ म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गरेका निर्देशक बिजय थापाले यस म्यूजिक भिडियोको निर्देशन गरेका छन् । मायालु इन्टरनेसनल प्रालीले बजारमा ल्याएको यो म्युजिक भिडियोमा अंकित केसीको छायांकन, तथा बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त तीज गीतको भिडियोलाइ मायालु इन्टरनेसनल प्रालीका निर्देशक बिष्णु सापकोटा गीतले चर्चा कमाउने आशा गरेका छन् । भिडियो ….

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण