गृहपृष्ठ » भिडियो, मनोरञ्जनगायिका पारू रन्जितले ल्याईन छमछमी नाच्ने तिज गीत “तिजको लहर अमेरीका सम्म” हेरौं भिडियो ।

गायिका पारू रन्जितले ल्याईन छमछमी नाच्ने तिज गीत “तिजको लहर अमेरीका सम्म” हेरौं भिडियो ।

July 21, 2018४२७ पटक

काठमाण्डौ । लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियासिल रहेकी गायिका पारु रंजित को तिज गीत ‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक भएको छ ।उक्त गीतमा सदाबहार नायिका करिश्मा मानन्धर को मनमोहक नृत्य रहेको छ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिजलाई मध्यनजर गर्दै तिजसँग सम्बन्धित विभिन्न गीतहरु बजारमा आएका छन् । तीज आउन एक महिना अघि देखि नै बजारमा तीज गित सार्वजनिक हुने लहर नै चलेको छ । अरु भन्दा भिन्न र फरक किसिमको तिज गित लिएर प्रस्तुत हुने गायीका पारु रन्जितले गत बर्ष भने तिज गित( सबैलाई लोभायो हो मेरो रातो सारीले) लिएर आएकी थिइन ।

अहिले गायिका पारु रन्जितले भिन्न र फरक किसिमको ‘तिजको लहर अमेरिकासम्म’ गीतको भिडियो लिएर नेपाली दर्शक स्रोता माझ आएकी छन् ।

गायिका पारु रंजितको स्वर रहेको उक्त तिज गीतमा शब्द/संगीत बाबुल गिरीको रहेको छ । श्रीधर पौडेलको छायाङ्कन रहेको उक्त भिडियोमा पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने, सम्पादन बिष्णु शर्माले गरेका हुन् । भिडियोलाई बिरेन्द्र रंजितले निर्माण गरेका हुन् ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिजलाई मध्यनजर गर्दै तिजसँग सम्बन्धित विभिन्न गीतहरु बजारमा आउने मध्येमा
गायिका पारुको गीत तिजको लहर अमेरिका सम्म थपिएको छ । उक्त गीतको भिडियोलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको छ । भिडियो …

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण