गृहपृष्ठ » देवदह विशेष, फोटो ग्यालरी, मनोरञ्जन, समचार, समाचारहरु‘मिस देवदह-२०७५’ दोश्रो सिजनको तयारी तिव्र

‘मिस देवदह-२०७५’ दोश्रो सिजनको तयारी तिव्र

July 23, 2018१३०२ पटक

सुरज भट्टराई/ देवदह : बर्बरी फेशन हाउसको आयोजना तथा लियो क्लब अफ लर्ड बुद्धको व्यवस्थापनमा ‘मिस देवदह – २०७५’को  दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । नेपाली मोडेलिङ पेशालाई अन्तरास्ट्रिय स्तरसम्म पुर्याउने तथा यस समुदायका कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको छ ।

होटल ओम दर्शन एण्ड पार्टी प्यालेसमा हुन लागेको उक्त प्रतियोगितामा नेपालका वरिष्ठ व्यक्तित्व एवं चर्चित कलाकारहरुको उपस्थिती रहने छ भने प्रतियोगीताको अडिसन यहि आउदो साउन ५ गते शनिवार र र १२ गते शनिवारको दिन हुनेछ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षणमा सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनेछन् । त्यसका अलावा फोटोसुट, ब्राण्ड टिसर्ट, आकर्षक गाउन उपलब्ध गराइ नेपालका महत्वपूर्ण स्थलहरुको भ्रमण, सामाजिक कार्यमा समेत सहभागी गराइनेछ । सहभागी हुन इच्छुक प्रतियोगीहरुका लागि फारम माई क्याफे एण्ड बेकरीमा उपलब्ध छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण