गृहपृष्ठ » मुख्य समाचार, समचारतीनजना मारिएपछि जलेश्वरमा सेना परिचालन

तीनजना मारिएपछि जलेश्वरमा सेना परिचालन

September 10, 2015१३८ पटक

२०७२ भाद्र २४ बिहीवार

जनकपुरधाम : प्रहरीसँगको झडपमा बुधबार तीनजना प्रर्दशनकारीको मृत्यु भएपछि महोत्तरी सदरमुकाम जलेश्वरमा बिहीबारबाट सेना परिचालन गरिएको छ । नगरक्षेत्रमा कफ्र्यू लगाएर सेना परिचालन गरिएपछि जलेश्वरका सडकहरु सुनसान भएका छन् ।

प्रहरीको गोली लागी प्रर्दशकारीको तीनजानको मृत्यु र दर्जनौं घाइते भएपछि स्थानीय प्रशासनले बुधबार राति आठ बजेदेखि सदरमुकाममा लगाएको कफ्र्यू विहीबार पनि जारी छ ।

जिल्लाको अवस्था बिग्रदैं गएकाले शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले संचारमाध्यमलाई जानकारी गराएका छन् ।

विहीबार विहान जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सुरक्षा समितिको बैठकले नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

मृतकहरुको शव अस्पतालमा
प्रहरीको गोली लागी मृत्यु भएका रोहन चौधरी, रामविवेक यादव र अमित कापरको शव जिल्ला अस्पताल महोत्तरीको शव गृहमा राखिएको छ ।

गोली लागेका वीरेन्द्र गम्भीर
यता, प्रहरीको गोली टाउकोमा लागेर गम्भीर घाइते भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका वीरेन्द्र विच्छाको अवस्था अत्यन्त गम्भीर रहेको उनको हेरचाह गरिराखेका तराई मधेश युवा फ्रन्टका केन्द्रिय अध्यक्ष कृष्णा सिंहले बताएका छन् ।

विच्छाको टाउकोमा अपरेशन गरी गोली निकालिए पनि उनी होसमा आउन सकेका छैनन् । अवस्था गम्भीर भएपछि उनलाई आईसियुमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण