गृहपृष्ठ » भिडियोविदेशियका युवा सम्झिदै भक्कानिए माईला बा

विदेशियका युवा सम्झिदै भक्कानिए माईला बा

January 5, 2019१२२ पटक

भरत कंडेलले ल्याए “युवा पुस्ता”,

विदेशीनुपर्ने प्रत्येक नेपालिहरुको कहालिलाग्दो यथार्थलाई गित, संगित मार्फत चित्रण गरीएको म्यूजिक भिडियो युवा पुस्ता बजारमा आएको छ ।
गाऊमा सबै विदेशीयपछि विकास गर्ने को र कस्ले गर्ने, नेपाल आमा रुदै बोलाउदै छिन जस्ता पुरुषेत्तम गैरेको मार्मिक शब्द तथा संगितमा सजित गितलाई मुम्बईमा साउण्ड ईन्जिनियर भरत कंडेलले युवा पुस्ताको रुपमा पस्केका छन् ।
चर्चित नृत्य निर्देशक शिव काफ्लेको निर्देशन रहेको म्यूजिक भिडियोमा कलाकार विष्णु जि पाण्डेय(माईला बा)ले प्रमुख भुमिका निर्वाह गरेका छन् भने प्रस्तुतकर्ता स्वयम भरत कंडेल सहित गुराँस राई, कल्पना तामाङ, दिल जले र ईश्वर सापकोटाको अभिनय रहेको छ । सुशिल डाँगीको भिडियो छायाङ्कन र गिरीस रिजालको भिडियो सम्पादनमा उक्त म्यूजिक भिडियो निर्माण भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण