गृहपृष्ठ » अार्थिक, समाचारहरुबुद्धिस्ट मार्ट: बिदेशी पाहुनालाई देवदहमा भव्य स्वागत

बुद्धिस्ट मार्ट: बिदेशी पाहुनालाई देवदहमा भव्य स्वागत

January 17, 2019१७० पटक

सुरज भट्टराई, देवदह। बुद्धभूमि नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ मा सहभागी हुन बुद्धको जन्मभूमि लुम्बिनी आएका विदेशी पाहुनाहरुलाई देवदह नगरपालिकाले भब्य स्वागत गरेको छ ।
करिब २० राष्ट्रका बौद्धलम्बी पर्यटकहरु , पर्यटन ब्यवसायीहरु र अन्तरास्ट्रिय पत्रकारहरु गरेर करिब ७० जना बिदेशी पर्यटकलाई देवदहमा स्वागत गरिएको हो । प्रमुख अतिथी रहुनु भएका लुम्बिनी विकाश कोशका उपाध्यक्ष मेतैया भन्ते अवधेश कुमार तिर्पाटिले पानशमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। विदेशी पाहुनाहरुलाई संहरिया थारु होम्स्टेले विभिन्न परिकारका खाना पनि खुवाएका थिए । उनिहरुलाई मगर , गुरुङ र थारु जातिको लोक संस्कृति झल्किने मौलिक नृत्य समेत देखाईएको थियो । कार्यक्रमका बिशिष्ट अतिथी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले देवदहलाई पर्यटकिय केन्द्रका रुपामा विकाश गर्ने बताए । कार्यक्रमबाट लुम्बिनीसँगै जोडिएको देवदहमा पर्यटक भित्र्याउने गरी अन्तराष्ट्रिय मञ्चमा प्रचार प्रसार हुने लक्ष्य राखिएको छ ।देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप-प्रमुख बिद्या लक्ष्मी गुरुङको स्वागत मन्तब्य र टोपलाल शर्माले संचालन गरेका थिए ।मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवर्द्धन हुने नाट्टाले विश्वास लिएको छ ।

बुद्धको जन्मभूमि रहेको लुम्बिनीमा हुने मार्टमा ‘बिजनेस टु बिजनेस मिटिङ’, बुद्ध पर्यटन प्रवर्द्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल हुने नाट्टाले जनाएको छ ।नेपाल सरकारको सहयोग तथा नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा)को आयोजना रहेको मार्ट पुस २८ गते सम्पन्न हुने छ।मार्टमा चीन, भारत, म्यानमार, जापान, भियतनाम, कोरिया, क्यानडा, जर्मनी, फ्रान्सलगायत तीसभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एशोसिएशनका प्रतिनिधि, नेशनल टुरिज्म काउन्सिलका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । मार्टमा नेपाल सरकारअन्तर्गत रहेका सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको समेत सहभागिता रहने आयोजकहरुले बताएका छ्न।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण