गृहपृष्ठ » समाचारहरुलायन्स क्लब अफ देवदहद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदहद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

January 17, 2019१०० पटक

पौष । लायन्स क्लब अफ देवदहले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष गुमान सिं के.सी. देवदह खानेपानी तथा सर सफाइ संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोले वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । क्लबका संस्थापक अध्यक्ष तथा रिजन चियर पर्सन लायन विष्णु प्रसाद पौडेलले लायन्स क्लब नेतृत्व र व्यक्तित्व बिकास गर्ने अन्तर्राष्टिÄय क्लब भएकोले सेवाग्राहीलाई लायन्सको प्रेरणाबाट सदैव सेवा गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी निवर्तमान अध्यक्ष लायन ऋषिराम सापकोटाले लायन्स क्लबको कुनै धर्म, राजनीति, गुट र उपगुट नहुने हुँदा मानवताको कसीमा आफुलाई राखेर सबैलाई समान व्यवहार गर्दै समग्र उपभोक्ताहरुलाई स्वच्छ र सर्वशुलभ खानेपानी बितरणमा ध्यान जाओस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी क्लबका सल्लाहकार लायन झिल्लु प्रसाद न्यौपाने, ईन्द्र सुनार, हिरालाल कंडेल, दिनामणी पाण्डेय, लाल बहादुर श्रीस, शिला मल्ल, अञ्जु श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम द्वितीय उपाध्यक्ष राम बहादुर गुरुङ्गको अध्यक्षता, तृतीय उपाध्यक्ष बिनोद थापाको स्वागत, सचिव सुनिल जि.सी.को सञ्चालन र कोषाध्यक्ष विष्णु प्रसाद ज्ञवालीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण