गृहपृष्ठ » साहित्यकविता //पर्खाल नभत्काउनु…

कविता //पर्खाल नभत्काउनु…

January 17, 2019१०४ पटक

पर्खाल नभत्काउनु ,

तिम्रो र मेरो दुरी यदि छोटियो भने

हाम्रो सम्बन्धको दुर्घटना हुन सक्छ…

पर्खाल नभत्काउनु ,

पर्खालकै कापाबाट लुकीलुकी

तिमिलाइ हेर्दा

जुधेका नजरहरुका तरङ्गकहाँ भेटिन्छ्न्,

आमुन्ने सामुन्ने बसेर एक अर्कालाई हेर्दा…

पर्खाल नभत्काउनु ,

मनका भावनाहरु रङपोत गरेर

कागजको हवाइजहाज उडाइ

पर्खाल नघाउदाको खुशीकहाँ मिल्छ ,

आमुन्ने सामुन्ने बसेर एक अर्कालाइ सुन्दा…

पर्खाल नभत्काउनु ,

तिम्रो हातमा हात समाएर

त्यो क्षितिजसम्म हिडेको

कल्पना गर्दाको उत्सुकताकहाँ हुन्छ ,

आमुन्ने सामुन्ने बसेर तिम्रो हात खेलाउदा …

पर्खाल नभत्काउनु,

तिमीले भुई छुने कपाल फिजार्दा

फिजारिने तिम्रो सौन्दर्यको मादकत

मेरो धड्कन सम्मै आएर ठोकिए जस्तोकहाँ हुन्छ ,

आमुन्ने सामुन्ने बसेर तिम्रो कपाल चलाउदा ..

पर्खाल नभत्काउनु,

तिम्रो तस्बिर हेर्दै

तिम्रा कलेटी परेका ओठचुम्नुको मज्जा

कहाँ हुन्छ ,

आमुन्ने सानुन्ने बसेर तिमिलाइ छुन खोज्दा …

त्यसैले फेरि भन्दैछु प्रिया

पर्खाल नभत्काउनु

तिम्रो र मेरो दुरी यदि छोटियो भने

हाम्रो सम्बन्धको दुर्घटना हुन सक्छ ……..

@ए.पी. सुमन

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण